बिएल संवाददाता
पत्रकार तथा गीतकार बिपुल पोख्रेलले आफ्नै शब्द रचनामा नयाँ गीत ल्याएका छन्। तीन दशकयता दाङबाट पत्रकारिता गर्दै आएका उनी नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष पनि हुन्।
उनको शब्द रचनामा ‘बोल… मन खोल…’ बोलको गीतमा सञ्चारकर्मी देवेन्द्र बस्नेतले स्वर दिएका छन्। जीवन, जगत र मानवीय दर्शन झल्किने यी गीतका शब्दहरूमा बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन्।
यसअघि पनि पोखरेलले आधा दर्जनजति गीतका शब्दहरू लेखिसकेका छन्। हालैमात्र उनले महासंघको अध्यक्षबाट राजीनामा दिएका थिए। त्यसलगत्तै उनले नयाँ गीत लेखेका हुन्। गीतमा भिडियो संयोजन अर्का सञ्चारकर्मी सुदन थापाले गरेका छन्।
बेला-बेला गीतहरू लेखेर नयाँ-नयाँ प्रतिभाहरूलाई अवसर दिने गरेको उनी बताउँछन्। माओवादी सशस्त्र युद्धका बेला ६०को दशकतिर पनि उनले धेरै गीतहरू लेखेका थिए। त्यसबेला पनि मोफसलकै नयाँ गायकहरूलाई उनले ती गीतहरू गाउन दिए। त्यो बेला तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नै हातमा लिएका थिए। पोख्रेल त्यतिबेला घोराहीबाट प्रशारण हुने रेडियो स्वर्गद्वारीमा समाचार सम्पादक थिए। दरबारको आदेशमा स्थानीय प्रशासनले सञ्चारमाध्यममा समेत समाचार प्रशारण/प्रशारणमा रोक लगाएको थियो।
‘म आफैँमा व्यावसायिक गीतकार त होइन कहिलेकाहिँ लेख्ने गर्छु। आफूलाई फुर्सदको गीतकारका रुपमा लिन्छु’ उनी भन्छन् ‘यो आफ्नो रहर पनि होला र नयाँ प्रतिभाहरूलाई अवसर पनि सिर्जना गर्ने हिसावले गीतहरू लेख्दै आएको छु। त्यतिबेला पनि फुर्सद थियो, अहिले पनि फुर्सदमै छु।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया