सोमबार, २५ अगस्ट २०२५

एनपिएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन्। दुई टीम बीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट शुरू हुने छ।  आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ। सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन्। कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन्। कर्णाली सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ। कर्णालीको लागि शीर्ष दुईमा पुग्ने सम्भावना पनि छ। त्यसका लागि सुदूरपश्चिमलाई आफू अनुकुल नतिजामा हराउनुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ। आइतबार राती १२ बजेदेखि लागू हुने गरी २ रुपैयाँ बढाएर पोट्रोलको मूल्य  १५९ रूपैयाँ ५० पैसा कायम गरिएको छ। डिजेल र मट्टितेलमा भने २ रूपैयाँ मूल्य घटाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

३ महिना गाउँ-गाउँ पस्दै एमाले

नेकपा एमाले आउने माघदेखि ३ महिना गाउँ-गाउँ पस्ने भएको छ। राष्ट्रिय शक्ति निर्माणका  लागि माघदेखि एमाले वडा केन्द्रीत अभियान लिएर गाउँ-गाउँ पस्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्कुटर दुर्घटनामा बाबु–छोरीको मृत्यु

बर्दियामा स्कुटर दुर्घटनामा परी बाबुछोरीको मृत्यु भएको छ भने आमा छोरा घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया नगरपालिका– ६मा बस्ने रामकुमार साह र उनकी ६ बर्षीया छोरी बिद्या रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कम्बोडिया–भैरहवा सिधा उडानको प्रस्ताव

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकाबारे समेत जानकारी गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महोत्तरीमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते

जनकपुर आउँदै गरेको बस एक्कासी नियन्त्रित भई पुलको रेलिङ तोड्दै बस पल्टिएको हो। बसमा सवारमध्ये २२ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वातावरण र विकाससँगै अघि बढ्नुपर्छ: महान्यायाधिवक्ता बडाल

महान्यायाधिवक्त्ता बडालले भने, ‘वातावरण र विकासका कुरासँगै हुने हुन्। वातावरणको कुरा गर्दा विकासलाई बिर्सिनु हुँदैन र विकासको कुरा गर्दा वातावरण संरक्षणको विषय पनि छुटाउनु हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२७ वर्षदेखि बन्द भएकाे टीकापुर विमानस्थल आजदेखि नियमित सञ्चालन

आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ६ कर्मचारी र १२ यात्रु बोकेर दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरलाई हराउँदै सुदूरपश्चिम शिर्ष स्थानमा

नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबार भएकाे दाेस्राे खेलमा पाेखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोएल्सले शिर्ष स्थान बनाएकाे छ। यससँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पनि पक्का गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्र बैंकको प्रतिवेदन: आर्थिक वृद्धिमा गति छैन, विदेशी मुद्रा सञ्चितिमा पनि गिरावट

केन्द्रिय बैंकको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले  चालु आर्थिक वर्षको सुरुवाती ४ महिनामा आर्थिक वृद्धिमा मन्द गति, व्यापार घाटाको समस्या, विदेशी मुद्रा सञ्चितिमा गिरावट, महँगीको बढ्दो प्रभाव र बैंकिङ क्षेत्रको चुनौतीलाई प्राथमिकताका साथ उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

व्यापारिक घरना ‘ज्योति समूह’ टुक्रियाे

व्यापारिक घरना ज्योति ग्रुप औपचारिक रुपमा टुक्रिएकाे छ। कम्पनिमाथिको नेतृत्व विवाद र सम्पति बाँडफाड विवादमा जेलिएको ज्याेति ग्रुप आइतबार औपचारिक रुपमा टुक्रिएर विवाद समाधान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘परिवर्तनमा योगदान गरेका दललाई बद्नाम गर्ने कोशिश भएकाले ठुला दलको सहकार्यमा सरकार बन्याे’

प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले दुई ठुला दलको सहकार्यमा सरकार बनेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिङ्गो संस्कृतिलाई जीवन्त पार्ने यःमरी पुन्ही (फाेटाे फिचर)

चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ। सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्साबाट ३० लाख बढीको कपडा बरामद

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र वीरगञ्ज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारीसहितको संयुक्त टोलीले उक्त सामान नियन्त्रणमा लिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री सिंहकाे प्रश्न- कांग्रेसलाई अगाडि बढाउन किन नसोच्ने?(भिडियाे)

उनले भने, ‘ ए र बि को लेबलमा पार्टीलाई राख्नु हुँदैन। हामीले कांग्रेसलाई अगाडि बढाउन किन नसोच्ने? यो लिडरस्हरु आउँछन्, जान्छन् यो बेग्लै कुरा हो। तर कुरा के हो भन्दा खेरी कांग्रेसलाई केन्द्रबिन्दुमा राखेर कांग्रेसलाई हित हुने काम चाहिँ अब हामीले गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय पूर्व ‘रअ’ एजेण्टकाे खुलासाः १०–१५ दिनभित्रै ‘ओली सरकार’ ढल्छ (भिडियाे)

भारतकाे गुप्तचर संस्था (रअ)का पूर्वएजेण्ट लक्की बिष्टले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार १०–१५ दिनभित्रै ढल्ने दाबी गरेका छन्। पूर्व ‘रअ’ एजेण्ट बिष्टले नवभारत टाइम्समा कुराकानी गर्दै यस्ताे दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगरमाथि रोमाञ्चक जित निकाल्दा काठमाडौँको प्लेअफ सम्भावना जीवितै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सलाई काठमाडौँ गुर्खाजले एक विकेटले पराजित गरेको छ। काठमाडौँ गुर्खाजले १८.१ ओभरको खेलमा ९ विकेट गुमाएर १२० रन बनाउँदै विराटनगरमाथि रोमाञ्चक जित हासिल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंकका तत्कालीन उप-प्रबन्धक १३ वर्षपछि पक्राउ

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। उनी १३ वर्षपछि पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ताेलामै २ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेर तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन्। आइतबार त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो। नियुक्त भएका डीनहरुमा शिक्षाशास्त्र संकायतर्फ प्रा.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्रतर्फ प्रा.डा. दुबिनन्द ढकाल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ