सोमबार, २५ अगस्ट २०२५

एकीकृत समाजवादीकाे २४ सदस्यीय केन्द्रीय सचिवालय गठन

नेकपा एकीकृत समाजवादी पार्टीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय सचिवालय गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चोभार सुख्खा बन्दरगाह: लजिस्टिक हब सफल, पूर्ण क्षमतामा समस्या

‘सुख्खा बन्दरगाहको सुरुवात गर्दा जुन व्यापारको अपेक्षा गरिएको थियो, त्यो चाहिँ भएको छैन। वास्तवमा बन्दरगाह क्षेत्रमा व्यापार बढ्छ भनिएको थियो। तर त्यस्तो छैन। यसरी हेर्दा यो अनावश्यक देखियो,’ उनी भन्छन्, ‘यहाँका मानिसहरुको पहलमा हिमाल सिमेन्ट पनि सकारात्मक नभएको भन्दै हटाइरहँदा सरकारले सुख्खा बन्दरगाह ल्यायो। त्यो पनि अध्ययन नै नगरी। हिजोआज यहाँ दुईवटा गाडी मात्र आउँछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको एकता समायोजनसम्बन्धी निर्णयले संगठन थप भद्रगोल हुने खतरा

मंसिर २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत नवप्रवेशी स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत थिए, सोही स्तरमा समायोजन गर्ने निर्णय गरेको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यो नदी कसको हो? (तस्बिरहरू)

प्रदर्शनीमा गोदावरीमा विकासको कथा, त्यहाँ मार्बल उत्खनन गर्न सि‌ङ्गो डाँडा नै ओगटिएका डाँडाकाँडा कसका हुन्? मुक्कुमलुङमा विकासको कथा के हो त्यहाँ नयाँ केबल कार परियोजना निर्माणका लागि फाँडेर सर्वनाश पारिएको जंगल जोगाउन स्थानीयबासीहरू अझै लडिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपिएलका लागि पुरस्कार घोषणा, विजेतालाई १ करोड १० लाख

क्यानका अनुसार एनपिएल विजेताले १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन साह व्यक्तिमात्रै हाे, देश चलाउने विचार छैन: राजेन्द्र महतो (भिडियाे)

‘बालेन व्यक्ति हाे याद गर्नुस्, विचार छैन त्यहाँ। बिना विचारको देश चल्दैन। विचारसहितको विकल्प चाहियो हामीले भनेको हो। बालेनसँग काठमाडौँ महानगरपालिका चलाउनेसम्मको विचार छ। तर, देश चलाउनेसम्मको विचार उहाँले व्यक्त गरिसकेको छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मनमा फूल्ने माया’ बोलको गीत सार्वजनिक

गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ। सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गरिब जनताका लागि वर्तमान सरकार अभिभावक बनेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरानबाट १९० किलो गाँजा बरामद

सुनसरीकाे धरान उपमहानगरपालिकाबाट १९० किलाे गाँजा बरामद भएकाे छ।  धरान उप–महानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट उक्त परिणामकाे गाँजा बरामद भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्छाैँ: मन्त्री यादव

उनले भने, ‘उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि हामीले ठाउँ–ठाउँमा अवलोकन गरिराखेको छौँ। अहिले नयाँ टेक्नोलोजिको प्रावधानको विषयमा पनि हामीले अनुगमन गरिराखेको छौँ। आउने दिनमा उपत्यकामा कुनै पनि किसिमको खानेपानीको समस्या नहोस् भनेर दीर्घकालीन रुपमा योजना बनाएर अगाडि बढेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ। मंगलबार जिल्ला अदालत कास्कीको लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविकी पत्नी निकिता भन्छिन्- श्रीमान हिरासतमा भएको बेला ममाथि मिडियाले ‘पुरुषार्थ’ देखाए

‘खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको 'पुरुषार्थ' अगाडि समाज मुकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु’, उनले भनेकी छन्, ‘मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीप्रति फिँजाइएको नकारात्मक भ्रमलाई चिर्न आवश्यक छ: मन्त्री अधिकारी

उनले भने,‘हामी सबै क्रियाशील भएर सहकारीप्रति फिँजाइएको भ्रमलाई छिटो चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिन सक्छौँ भनेर जति छिटो हामी यसतर्फ लाग्न सक्छौँ, त्यति छिटो समाधान हुन्छ भन्ने मलाई विश्वास छ। त्यसको लागि सरकारले नमिलेका अप्ठ्यारा परिस्थितिलाई कानुन विधिहरुलाई सच्याउछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चन्द्र ढकाल नेतृत्वकाे ‘इन्भेष्टमेन्ट कम्पनी’ को सीईओमा बज्राचार्य नियुक्त

नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। इन्भेष्टमेन्ट कम्पनीको सञ्चालक समिति बैठकले बज्राचार्यलाई सीईओमा नियुक्त गरेको हो। उनी ग्लोबल आईएमई बैंकका तत्कालीन सीईओ हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि बढ्यो सुनको मूल्य, ताेलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य दुई सय रुपैयाँले बढेर तोलामा एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार बन्नेबित्तिकै ढल्छ भन्ने हल्ला चलाइन्छ, याे समीकरण ८४ सालसम्मै जान्छ: गृहमन्त्री

'सरकार बन्नेबित्तकै सरकार ढल्छ भन्ने र मन्त्री बन्नेबित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला चलाइन्छ। याे समीकरण ८४ सालसम्मै जान्छ,' उनले भने। साथै उनले कांग्रेस र एमाले मिलेर बनेकाे नयाँ समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलार बिहान जिल्ला अदालतमा उपस्थित गराएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपाल: तल्ला कमिटीकाे अधिवेशनको मिति तय, नेतृत्व चुन्न नसके भ्रातृसंगठन भंग गर्ने चेतावनी

जनता समाजवादी पार्टी (जसपा) नेपालले तल्ला कमिटीकाे अधिवेशनका लागि कार्यतालिका तय गरेको छ।मंसिर २८ र २९ गते बसेकाे पार्टीकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले मिति तय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एनपिएल: लिग चरणका खेल सकिएसँगै आज ब्रेक

नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैनन्। बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ। अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ।  समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरी सकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्तो छ, आजको आजको मौसम

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ