रातोपाटी
वाम घटकहरूसँग पार्टी एकता गर्दा समानस्तरको समायोजन गर्ने नेकपा माओवादी केन्द्रको निर्णयले सांगठनिक संरचना थप भद्रगोल हुने देखिएको छ ।
मंसिर २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत नवप्रवेशी स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत थिए, सोही स्तरमा समायोजन गर्ने निर्णय गरेको थियो ।
समायोजन सम्बन्धी यो निर्णयले सांगठनिक संरचना थप भद्रगोल हुने खतरा रहेको एक पदाधिकारीले बताए । ‘पार्टी एकीकरण हुँदा समान स्तरको समायोजन गर्ने भनिएको छ । तर पदाधिकारीको हकमा कसरी समायोजन गर्ने भन्नेबारे स्पष्ट निर्णय भएको छैन । एकीकरणपछि एउटा पार्टी दुई अध्यक्ष र दुई महासचिव त हुन सक्दैन । पार्टीको विद्यामान विधान वा नयाँ बनेको विधानले समेत एकतापछिको संगठनिक संरचनाबारे परिकल्पना गरेको छैन । स्थायी समितिको निर्णयले सांगठनिक कठिनाइको साथसाथै थप भद्रगोल हुने देखिन्छ । यसबारे अर्को बैठकमा थप छलफल होला’, रातोपाटीसँग ती पदाधिकारीले भने ।
ती नेताका अनुसार समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र धुव्रीकरणमा जोड दिने स्थायी समितिको निर्णय सहितको परिपत्र मातहतका समितिलाई पठाइसकेको छ ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया