बिएल संवाददाता
व्यापारिक घरना ज्योति ग्रुप औपचारिक रुपमा टुक्रिएकाे छ। कम्पनिमाथिको नेतृत्व विवाद र सम्पति बाँडफाड विवादमा जेलिएको ज्याेति ग्रुप आइतबार औपचारिक रुपमा टुक्रिएर विवाद समाधान गरेका छन्।
एक सय ४ वर्ष पुरानो उक्त समूहबाट अलग भइ पद्म ज्योतिले अलग्गै समूह सुरु गरेका छन्। उनले आफ्नै नाममा आइतबार पद्म ज्योति समूह घोषणा गरेका छन्।
समूहको लोगो पनि सार्वननिक गरिएको छ। पद्म ज्योति अध्यक्ष रहेको समूहमा मीरा ज्योति संस्थापक सदस्य, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति निर्देशक छन्। यसअघि ज्योति समूहका प्रमुख सदस्यहरूमा पद्म ज्योति र उनकै भाइ रूप ज्योति रहेका थिए।
समूहका अध्यक्ष पद्म ज्योतिले ज्योति परिवारको नयाँ पुस्ताको नेतृत्वमा संचालन हुने पद्यम ज्योति ग्रुप रोजगारी सिजर्ना गरी नेपालको भविष्यलाई समृद्ध बनाउन सदैब प्रतिबद्ध रहने बताए।
अध्यक्ष ज्योतिले पारिवारिक कलह बढेका कारण अलग समूह बनाउनका लागि ५ वर्ष अगाडि नै विधान तयार गरेको पनि खुलाएका छन्। उनले भने, ‘हाम्रो पद्यम ज्योति परिवारमा हामीले पाँच वर्ष अगाडी नै पारिवारिक विधान बनाएका थियौं। जसले हामीलाई उचित मार्गदर्शन दिन महत्वपुर्ण भुमिका खेल्छ।’
समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ। यो समूहको नाममा हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया