
काठमाडौँ ७७ वटै जिल्लाबाट आउने नागरिकहरूका लागि राजधानी बन्न सकोस्
उनले भने, ‘आज यो ३० औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो। महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा सबैले सहयोग पुर्याउनु भएको छ। महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाई कर्मचारिहरूलाई धन्यवाद दिन चाहन्छु। काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। काठमाडौं महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु। सबैले महानगरको लागि शिक्षा, स्वस्थ्य, सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनु भएको छ।’

बिएल संवाददाता - काठमाडाैँ