आइतबार, २४ अगस्ट २०२५

एमाले अपराधीको संरक्षण गर्ने पार्टी होइन: पूर्वमन्त्री पण्डित

पूर्वमन्त्री पण्डितले भने, ‘जनप्रतिनिधि हुँ भन्दैमा जथाभावी काम गर्न पाइँदैन। यदि तपाईंले कानुन भन्दाबाहिर गएर काम गर्नुभयो भने तपाईंलाई बचाउन एमाले पार्टी लाग्दैन। किनकी एमाले अपराधीको संरक्षण गर्ने पार्टी होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘त्रिविकाे नियुक्तिहरुमा मेरो कुनै हस्तक्षेप हुँदैन, कुलपतिका हैसियतले राम्रो गर्नुस् भन्ने मात्रै हो’

सिनेट सदस्यहरुले कुलपतिस्तरबाट यस प्रकारको बैठक पहिलो पटक राखिएको र आफ्ना कुराहरु खुलेर राख्न पाइएको बताएकामा धन्यवाद दिएका थिए। सिनेट सदस्यका सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने प्रवृत्ति बढ्याे: सभापति खतिवडा

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले  महंगा आयोजनाहरुमा विदेशी कम्पनीहरुले आएर लगानी गर्ने र स्वदेशी लगानीलाई निरुत्साहित गर्ने प्रवृत्तिको विकास भएकोे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जनकपुरलाई हाेच्याउने व्यवहार दुखद्: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री तथा संघीय संसदका सांसद गगनकुमार थापाले जनकपुर बाेल्ड्सका समर्थकलाई हाेच्याउने गरी व्यवहार भएकाेप्रति दु:ख व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरण: रविकी पत्नी निकिता पनि प्रतिवादी, सम्पत्ति जफत गर्न माग

पौडेललाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ। पूर्वगृमन्त्रीसमेत रहेका लामिछानेले सहकारीबाट हिनामिना गरेको रकम निकिताको खातामा जम्मा गरेको आराेप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनलाइन मिडियाहरु अराजक बने, नियन्त्रण गर्न जरुरी छ: मन्त्री गुरुङ

‘अनलाइन मिडियाहरुको प्रभावकारी नियमनका लागि विधेयक बनेको छ। यही हिउँदे अधिवेशनबाट त्यसलाई पारित गर्ने तयारी छ। संसद तत्काल बोलाउने अवस्था नभएमा अध्यादेशबाट समेत यो विधेयक ल्याउनुपर्ने देखिएको छ’, मन्त्री गुरुङले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

पूर्वगृमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएकाे छ। सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ५ जनाविरुद्ध आइतबार अदालतमा मुद्दा दर्ता गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस र एमालेले मात्रै चाहेर संविधान संशोधन हुँदैन: गगन थापा

उनले काँग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ महानगरको सहकारी विभागबाट एक हजार ५९३ वटा उजुरी फर्स्याैट

विभागका प्रमुख नमराज ढकाल भन्छन्,‘संकटग्रस्त सहकारीको व्यवस्थापन’, ‘कारवाही र अनुसन्धानका लागि पठाइएका सहकारीका बारेमा अद्यावधिक जानकारी लिने’, ‘निष्क्रिय सहकारीको व्यवस्थापन गर्ने’, ‘लक्ष्य, कार्यक्षेत्रजस्ता आधारभूत अवस्था मिल्ने सहकारीलाई मर्ज गर्ने’ र ‘राम्रा काम गर्ने सहकारीको सफल अभ्यास प्रवर्धन गर्ने’ कामलाई विभागले प्राथमिकताका साथ सञ्चालन गर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे, मुद्दा दर्ता गर्ने तयारी

पूर्वगृमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीकाे हिरासतमा लामिछानेलाई आज जिल्ला अदालतमा उपस्थित गराइएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपिएल विजेता जनकपुरलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने- तपाईंहरु हिरो हो

प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु हिरो हो। नायक र महानायक हो। म तपाईंहरुको प्रशंसा गर्दछु। खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठुला सफलता हासिलका लागि म शुभकामना दिन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोलामा ११ सय रुपैयाँले बढ्याे सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीकाे चीन भ्रमणपछि भारत रिसाएको हो भन्ने मलाई लाग्दैन: शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि भारत रिसाएको भन्ने आफूलाई नलागेको बताएका छन्। उनले कुन देशले भ्रमणमा बोलाउँछ वा कुन देश जाने सरकारको आफ्नो निर्णय रहनेसमेत दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात

पाँच महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात भएको छ। चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्यूयोर्कमा विवेक पंगेनीको अन्त्येष्टि

अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाह संस्कार गरिएको छ। ब्रेन क्यान्सरको चौंथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममा निधन भएको थियो। नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्ड आइएनसि मा उनको दाह संस्कार गरिएको थियो। दाह संस्कार कार्यक्रममा परिवारजन, साथीभाइ, र न्यूर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थित थिए। त्यस्तै १२ः४५ मा फ्रेस पोन्ड क्रेमेटेसनमा एक श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

आजको मौसमः यी स्थानमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ।  महाशाखाका अनुसार ,कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ भने  बाँकी भू–भाग सामान्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्ण– प्रचण्ड

आफू प्रधानमन्त्री हुँदा जडीबुटी उद्योग, रुग्न उद्योग सञ्चालन, बुढीगण्डकी परियोजना अघि बढाउने, गोरखकाली रबर उद्योग सञ्चालन लगायतका ठूलो परियोजना अघि बढाउन पहल अघि बढाएको र आगामी दिनमा परिणाम आउने गरी काम गर्नुपर्ने उनले स्पष्ट पारे। तर, अहिलेको सरकारले त्यसलाई अगाडि बढाउने भन्दा पनि सरकारी उद्योगहरुलाई निजीकरणतर्फ लैजाने षड्यन्त्र सुरु गरेकाले यसप्रति पनि सजग हुनुपर्ने आवश्यकता रहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ। आइतकार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रविविरुद्ध मुद्दा दायर गर्न लागेको हो। रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितवनका चार वडामा रास्वपाको अधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले संगठन विस्तारलाई तीव्रता दिँदै जिल्लाका चार वडामा अधिवेशन सम्पन्न गरेको छ।  खैरहनी नगरपालिका वडा ९, कालिका नगरपालिका वडा १० र इच्छाकामना गाउँपालिका वडा ३ र ४ मा अधिवेशन सम्पन्न भएको रास्वपा चितवन जिल्ला सचिव विशाल कोइरालाले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

जनकपुरले एनपिएल जितेकोमा सार्वजनिक बिदा

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो सिजनको उपाधि जितेकोमा गाउँपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ