बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले संगठन विस्तारलाई तीव्रता दिँदै जिल्लाका चार वडामा अधिवेशन सम्पन्न गरेको छ।
खैरहनी नगरपालिका वडा ९, कालिका नगरपालिका वडा १० र इच्छाकामना गाउँपालिका वडा ३ र ४ मा अधिवेशन सम्पन्न भएको रास्वपा चितवन जिल्ला सचिव विशाल कोइरालाले जानकारी दिएका छन्।
अधिवेशनले खैरहनी नगरपालिका वडा ९ मा निकेश महतोलाई सर्वसम्मत रूपमा सभापतिको जिम्मेवारी दिएको छ।
त्यस्तै, कालिका नगरपालिका वडा १० मा दुर्गालाल तामाङ सभापतिमा चयन भएका छन्। इच्छाकामना गाउँपालिका वडा ३ मा कुसुम गुरुङ र वडा ४ मा ताराबहादुर थापाको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति गठन भएको कोइरालाले जानकारी दिएका छन्।
पार्टीले अधिवेशनमार्फत स्थानीय तहमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य राखेको छ।
रास्वपाले पुस महिनाभित्रै जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न गर्ने योजना बनाएको छ। रास्वपाको उद्देश्य संगठन विस्तार र निर्माणलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै स्थानीय जनताको सेवामा केन्द्रित हुने रहेको जिल्ला अध्यक्ष कृष्ण भुषालले बताएका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया