शनिबार, २३ अगस्ट २०२५

चिसिएकाे रारा (तस्बिरहरू)

मौसममा भएकाे बदलीका कारण रारा क्षेत्रमा हिमपात भएको हाे। हिमपात भएपछि रारा क्षेत्र थप रमणीय देखिएको छ भने चिसो पनि बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नचाहेको व्यक्तिलाई नेपाल आउनुअघि नै रोक्ने प्रणाली भित्र्याउने तयारी

अध्यागमन विभागले नेपालले कालोसूचीमा राखेका वा आफ्नो देशमा आउन प्रतिबन्ध लगाएका व्यक्तिहरूलाई नेपाल उड्नुअघि नै रोक्न सकिने प्रणाली भित्र्याउनेबारे अध्ययन भइरहेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रौतहटमा आगलागी हुँदा २५ घर जलेर नष्ट

स्थानीय बाबुलाल हजराको घरमा विद्युत सर्ट भइ लागेकाे आगोबाट हजरा नजिकै रहेको दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरासहितका घर पूर्णरुपमा जलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ– प्रधानमन्त्री

सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले तमु ल्होसार सम्झदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनेरास्ववियू (क्रान्तिकारी)मा लाग्याे उमेर हद

माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को उमेर हदको विवाद टुङ्गो लगाउन भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद लागू भएको छ। उमेर हद छिनोफानोका लागि भौगोलिक र गैर भौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा मतदान भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज तमु ल्होसार देशभर मनाइँदै, देशभर सार्वजनिक बिदा

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो। चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन्। तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ। यी ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तमु ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने छ: राष्ट्रपति पौडेल

गुरुङ समुदायको महान् चाड ‘ तमु ल्होसार’ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएका छन्। सोमबार गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा शुभकामना सन्देश मार्फत स्वदेश तथा विदेशमा रहनु भएका  सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।  सन्देशमा लेखिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन

अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ। उनको निधन अमेरिकी पूर्वी समयअनुसार आइतबार अपरान्ह प्लेन्स, जोर्जियास्थित घरमै भएको हो।नेपालको शान्ति प्रक्रियाका एक हस्ती उनले दुईपटक नेपालको भ्रमण गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

खेलकुदको नीति हेर्दा जति राम्रो भएपनि कार्यान्वयनमा फितलो: मन्त्री चाैधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले हाम्रो खेलकुदको नीति हेर्दा जति राम्रो भएपनि त्यसको कार्यान्वयन भने फितलो रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माेहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे लिए प्रचण्डले जानकारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका बनाइने

अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्नका लागि भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर

बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरणअन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरिएकाे अख्तियारले जनाएकाे छ। बस्नेतले उनको श्रीमती उर्मिला बस्नेतसँगको मिलोमतो तथा योजनामा नगर प्रमुखको पद ओहोदाको दुरुपयोग गरी भ्रष्टाचार गरेकाे उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा काठमाडौँ महानगरले पायाे हालसम्मकै उच्च अंक

उनले भनिन्, ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको छ। यो अंक काठमाडौं महानगरपालिकाको हालसम्मकै उच्च अंक हो । यो सफलता हासिल गर्न योगदान गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैकल्पिक विकास वित्तको तयारीमा छौँ: अर्थमन्त्री पौडैल

अर्थमन्त्री पौडेलले भने, ‘त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई समेत सम्बोधन गर्ने गरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयारी गरेका छौँ र यसलाई छिट्टै कानुनी प्रकृयामा प्रवेश गराउँदैछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ: सचिव घिसिङ

उनले भने, ‘एउटा लक्ष्य, एउटा जिम्मेवारी छ। समाजलाई जवाफ दिने चरित्र कस्तो हुनुपर्दछ भनेर सन्देश दिनका लागि खेलकुदको विशेष महत्व छ। समाजमा बढी प्रश्न गर्ने गरिन्छ। तर जवाफ दिने कोही हुँदैन। तर खेलकुदले प्रश्न मात्र गरेर सुख पाउँदैन। जवाफ पनि दिनु पर्दछ। आफ्नो कामलाई समयमै हामीले सुरुवात गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाडिमा झल्लर झुण्ड्याउने चालक प्रहरी कार्वाहीमा

सवारी साधनकाे ऐनामाथि, सिसाका अगाडि झल्लर तथा ध्वजा पतङ्गाहरू झुण्ड्याउने सवारी चालकलाई ट्राफिक प्रहरीले कार्वाही थालेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अब तर्क गरिहनु आवश्यक छैन, देश बनाउने पार्टी एमाले मात्रै हो: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन। व्यवहारबाट पुष्टि भइएसकेको छ। देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो। त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु। मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

श्रीलंकाको राजदूतमा नेपालीको नाम सर्वसम्मत अनुमोदन

गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले श्रीलंकाको राजदूतमा नेपालीकाे नाम सिफारिस गरेको थियो। आइतबार समितिकाे बैठकले प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ गर्दै सर्वसम्मतले अनुमोदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विभिन्न पार्टीका नेता-कार्यकर्ता एमालेमा प्रवेश, ओलीले गरे स्वागत

एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिकाको वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्। जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा