बिएल संवाददाता
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्ने बताएका छन्।
एन्टिडोपिङ्ग खेल पोषण कक्ष, अडियो भिडियो प्रस्तुति तथा निर्देशनात्मक कार्यक्रममा बोल्दै उनले समाजमा बढी प्रश्न गरिने गरेकाले खेलकुद क्षेत्रले यसको जवाफ दिनुपर्ने बताएका हुन्।
उनले भने, ‘एउटा लक्ष्य, एउटा जिम्मेवारी छ। समाजलाई जवाफ दिने चरित्र कस्तो हुनुपर्दछ भनेर सन्देश दिनका लागि खेलकुदको विशेष महत्व छ। समाजमा बढी प्रश्न गर्ने गरिन्छ। तर जवाफ दिने कोही हुँदैन। तर खेलकुदले प्रश्न मात्र गरेर सुख पाउँदैन। जवाफ पनि दिनु पर्दछ। आफ्नो कामलाई समयमै हामीले सुरुवात गर्नुपर्छ।’
साथै उनले एउटा उदेश्य र लक्ष्यका साथ जवाफ दिनका लागि तयार रहनसमेत आग्रह गरे। उनले खेलकुदको लामो यात्राको समीक्षा गर्दा आ–आफ्नो कोणबाट प्रश्न र जवाफ दिन सजिलो हुने बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया