बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ । उनको निधन अमेरिकी पूर्वी समयअनुसार आइतबार अपरान्ह प्लेन्स, जोर्जियास्थित घरमै भएको हो। उनी लामो समयदेखि अस्वस्थ थिए ।
नेपालको शान्ति प्रक्रियाका एक हस्ती तथा नेपालका हितैषी उनको निधन एक सय वर्षको उमेरमा भएको हो l शतायु बाँच्ने उनी पहिलो अमेरिकी राष्ट्रपति हुन् ।
दुईपटक नेपालको भ्रमण गरेका कार्टरले नेपालको पहिलो संविधान सभा चुनावको पर्यवेक्षण पनि गरेका थिए ।
कार्टर सेन्टर स्थापना गरेर मानव अधिकार तथा शान्ति स्थापनामा सक्रिय कार्टर अमेरिकाका ३९औं राष्ट्रपति हुन् । उनी डेमोक्रेटिक पार्टीको तर्फबाट सन् १९७२ मा राष्ट्रपति निर्वाचित भएका थिए ।
सादा जीवन उच्च विचारका कार्टरलाई अमेरिकी जनता एक सच्चा अमेरिकीका रूपमा सम्मान गर्छन् ।
उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनलगायतका नेताहरूले गहिरो शोक व्यक्त गर्दै उनको योगदानको सम्मान व्यक्त गरेका छन् ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया