शनिबार, २३ अगस्ट २०२५

भूकम्पमा परी नेपालमा १३ जना घाइते, १४ घरमा क्षति

चीनको दिङ्गे केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी नेपालमा १३ जना घाइते भएका छन्। सबैभन्दा बढी बारामा ११ जना, काठमाडौँ र काभ्रेपलाञ्चोकमा एक–एक गरी १३ जना घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रचण्डको प्रतिवेदन पारित गर्दै सकियाे माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक

नेकपा माओवादी केन्द्रको बैठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन तथा संगठनात्मक कार्ययोजना पास गर्दै सकिएको छ। आइतबारदेखि मंगलबारसम्म चलेको बैठकमा १०० बढी केन्द्रीय सदस्यहरूले आफ्नाे धारणा राखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

१४ बुँदे प्रस्ताव पारित गर्दै सकियाे एमाले केन्द्रीय कमिटी बैठक (प्रस्तावहरूसहित)

नेकपा (एमाले)लेको केन्द्रीय कमिटी बैठक १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकिएको छ। आइतबारदेखि सुरु भएको बैठक मंगलबार १४ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ठूला कुरा गर्ने, चम्किएर बाेले पार्टीबाटै निकाल्दिन्छु: ओली

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई छिट्टै पार्टीबाट निकाल्दिने चेतावनी दिएका छन्। पुस १० गते एमालेले पाण्डे र तिम्सेनालाई ६ महिनाका लागि र भीम रावललाई सधैंका लागि पार्टीबाट निष्कासन गरेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो: जगदुल्ला हाइड्रोपावर

‘यस जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ठेक्का आह्वान गर्नुपर्ने र उक्त स्तरको ठेक्का मूल्याङ्कन गर्नुपर्ने कार्य आफैंमा संवेदनशील विषय हो, ठेक्का मूल्याङ्कन क्रममा सार्वजनिक खरीद ऐन, कम्पनीको खरीद विनियमावली र स्टाण्र्डर विडिङ डकुमेन्टका आधारमा प्राप्त बोलपत्रहरुको  मूल्याङ्न गरिएको अवस्था हो, उक्त ठेक्का प्रक्रियामा बोलपत्र दाखिला गर्ने बोलपत्रदाताहरुको बोलपत्र प्राविधिक रुपमा असफल भएकाले ठेक्का रद्द गरिएको स्पष्ट पार्न चाहन्छौँ’, कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमृत बोहराकाे प्रश्नः अनुशासन आयोगलाई छानबिन गर्न किन दिइएन?

एमालेकाे जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै अमृत बोहराले भीम रावललाई ‘भीम रावल’ हुन बाध्य पार्टीले बनाएको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विन्दा र उषालाई ओलीको जवाफ– ठुला कुरा गर्ने, एनजिओको डलर खाएर स्वाभिमानी भइन्छ?

एनजिओको डर खाएर ठुला कुरा गर्नै भन्दै उनीहरूप्रति ओलीले रोष प्रकट गरेका छन्। ‘एनजिओको डलर खाएर स्वाभिमानी भइन्छ, ठुला गर्ने’, ओलीले भनेका थिए। पार्टीमा यी दुवै जनाले सहयोग नगरेको ओलीको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उड्डन क्षेत्रलाई व्यवस्थित बनाउन सक्रिय छौं: मन्त्री पाण्डे

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जहाजहरु खरिद् गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्याहरु देखिइनै रहेको भन्दै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शितादेखि टिकट विक्री वितरण सम्ममा पारदर्शीता देखाउनेगरी काम गर्ने उपाय खोज्नमा लागिपरेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीको आरोप– भीम रावल झगडा गरेर, धम्काएर खान सिपालु मान्छे हाे

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निस्कासित नेता भीम रावल लडेर, झगडा गरेर र धम्काएर खान सिपालु मान्छे भएको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

स्वास्थ्य बिग्रिएको मान्छे म, कतिलेबेला पुक्लुक्छ जान्छु थाहा छैन: केपी ओली

उनले सन्तान नै नभएको आफूलाई केकाे पैसा चाहिने भन्दै प्रश्न पनि गरे। स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन। मलाई स्वीस बैंकमा पैसा लुकाएकाे छ भनियाे, बद्नाम गर्न खाेजियाे। सन्तान नै नभएकाेलाई पैसा धेरै किन चाहियाे?’ ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाग्मती कार्ययाेजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ: उपप्रधानमन्त्री सिंह

उनले भने, ‘बाग्मती कार्ययोजना टुटेको थियो। फेरि यसलाई निरन्तरा दिएका छौं। बाग्मती कार्ययोजना प्रकृतिमैत्री रुपमा अगाडि बढाउँछौं, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ, यहाँको वातावरण सहुाउनेगरि योजना अघि बढाउँछौं। कार्ययोजनामा छलफलमा आएका सुझावहरु समेटेर, सरोकारवालाहरुसँग छलफल गरेर अन्तिम रुप दिन्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्ण, कृष्णगाेपाल, अग्नी र महेश नै खनिए ओलीमाथि

२०६४ सालमा एमाले संसद्को तेस्रो पार्टी भएको थियाे। माओवादी पहिलो र कांग्रेस दाेस्रो पार्टी थिए। ‘यही अवस्थामा नेतृत्व अगाडी बढेमा। एमालेको हालत ०८४ को निर्वाचनमा उही ०६४ को अवस्थामा पुग्छ’, थापाकाे भनाइ उदृत गर्दै एक पाेलिटव्यूराे सदस्यले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहका १२ सहसचिव र उपसचिवको सरुवा

यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको पनि गृह यस्ते मन्त्रालयमा कार्यरत गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने त्यहाँका धर्मेन्द्रकुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारलाई विधेयकहरू पारित गराउन सहजता छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई विधेयकहरू पारित गराउनको लागि सहजता भएकाे बताएका छन्। ‘संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले दुई ठूला दल मिलेर बनेको सरकारले सबै विधेयक पारित गर्नेगरी काम गरिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

युवा तथा खेलकुद मन्त्रालयद्वारा मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधान बदल्ने होइन, संशोधन गर्ने हो:  प्रदीप ज्ञवाली

उनले भने,‘मूलुकमा अहिले धेरै समस्या छन्। क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीकोबीचमा ठूलो अन्तर छ। सबै समाधान संविधान मार्फत नै होस् भनेर संविधान संसोधन गर्न खोजिरहेको छौं। के कारणले आजको समस्या आएको छुट्याउन पर्नेछ। कति संविधानका अन्तरनीहित कमजोरीका कारणले भएको छन् र कति चाँही संविधानभित्र अभ्यास गर्ने पात्र, संस्था र प्रवृत्तिहरुका कारणले समस्या आएको छ। त्यसलाई हेर्न आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘अनलाइन क्यासिनो’ खेलाएकाे अभियोगमा दुई भारतीयसहित ५३ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सातदोबाटोकाे एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनकाे मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसिपका नाममा ठगी, दुई जना पक्राउ

पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरूबिरुद्ध कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा