बिएल संवाददाता
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीका लागि मात्र प्रधानमन्त्री नबनेको भन्दै देश र जनतालाई समृद्ध बनाउने अभियानमा हिडेको बताएका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा मंगलबार केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले यस्ताे बताएका हुन्। उनले प्रधानमन्त्री भएपछि नानाथरी आरोप आफूमाथि लगाइएकोसमेत बताए।
तर ती आरोपहरू सबै निराधार भएको उनको भनाइ छ। ‘ममाथि नानाथरी भ्रम फैलाउने काम गरिएकाे छ। ती सबै तथ्यहीन कुरा हुन्’, उनले गिरीबन्धु टी स्टेट, स्वीस बैंकमा पैसा लुकाएको भन्ने जस्ता विषयतर्फ इङ्गित गर्दै भने।
उनले सन्तान नै नभएको आफूलाई केकाे पैसा चाहिने भन्दै प्रश्न पनि गरे। स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन। मलाई स्वीस बैंकमा पैसा लुकाएकाे छ भनियाे, बद्नाम गर्न खाेजियाे। सन्तान नै नभएकाेलाई पैसा धेरै किन चाहियाे?’ ओलीले भने।
अहिले ओलीले केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिइरहेका छन्।
ओलीमाथि भीम रावलल, विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई गरिएको कार्वाही र मीनबहादुर गुरुङबाट जग्गा दान लिने निर्णय गलत भएको भन्दै केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका थिए।
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया