बिएल संवाददाता
एमालेकाे जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै अमृत बोहराले भीम रावललाई ‘भीम रावल’ हुन बाध्य पार्टीले बनाएको आरोप लगाएका छन्।
अहिले जसरी एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति रावल खनिएका छन्, त्यो सबै पार्टीकै कारणले भएको उनको भनाइ छ।
उनले अनुशासन आयोगलाई छानबिन गर्न नदिएर रावललाई पार्टीबाट निस्कासन गर्नु नेतृत्वको कमजोरी भएको बताए।
बोहराले पार्टीबाट ६ महिनाका लागि निष्कासित स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई पुनर्विचार गर्नुपर्ने धारणा राखे।
‘जसरी ३ जना कमरेडहरूलाई कार्वाही गरिएको छ, यो गलत भएको छ। यो सबै पार्टी नेतृत्वले गर्दा भएको हो। यो त मरिचकाे दानादाई बन्चराेले हानेसरी भयो। यसमा पार्टीले पुनर्विचार गर्नुपर्छ।’ उनले भने।
बोहराले व्यापारी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान स्वीकार गर्नु पार्टी नेतृत्वको कमजोरी भएको बताए।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया