शुक्रबार, १४ नोभेम्बर २०२५

गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने सांसद देवकोटा पदमुक्त

नेकपा माओवादी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको पत्र शुक्रबार नै प्रदेशसभा सचिवालयमा पठाएका थिए। साेही पत्रबारे सभामुखले सदनलाई जानकारी गराएका हुन्। गत साेमबार प्रदेशसभा बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले शुक्रबार सांसद देवकोटालाई कारबाही गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वक्र ईदकाे अवसरमा साेमबार सार्वजनिक बिदा

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै राजपत्रमा प्रकाशित सूचनाअनुसार वक्र ईदकाे अवसरमा असार ३ गते सार्वजनिक बिदा दिने जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादी गर्‍याे कारबाही

गत साेमबार प्रदेशसभा बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले शुक्रबार सांसद देवकोटालाई कारबाही गरेकाे हाे। देवकोटालाई कारबाही गरिएको जानकारी माओवादीले प्रदेशसभा सचिवालयलाई गराइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सांसदकाे प्रस्ताव- संसद भवनभित्र मदिरा पिउने ‘बार’ निर्माण गरौँ

‘अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न। लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ। त्यसको लिमिटेसन हुन्छ। सम्माननीय सभामुख महोदय, अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुन आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि? यसमा ध्यानाकृष्ट गर्न चाहन्छु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ: प्रधानमन्त्री

‘केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले दुई मुलुकबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

ठूला पूर्वाधार निर्माणले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भयाे: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

झापामा एकै परिवारका ३ जना मृत फेला

शिवसताक्षी नगरपालिका वडा नम्बर ३ भोटेपुलमा शुक्रबार बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका हुन्। सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, छोराहरु ९ वर्षका विशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन्। अन्जली झुन्डिएको अवस्थामा फेला परेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

प्रधानमन्त्रीकाे भारत भ्रमणबारे संसदलाई जानकारी गराउन काँग्रेसकाे माग

शुक्रबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशकाे प्रधानमन्त्री कुनै पनि मित्र राष्ट्रकाे भ्रमणमा जाँदा सदनलाई जानकारी गराउने परम्परा भएकाे भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पृथ्वीराजमार्गमा सवारी दुर्घटनाः २० जना घाइते मध्य पाँच जनाकाे अवस्था गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ। नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

ताप्लेजुङमा पहिरो, एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो। यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएको फक्ताङलुङ गाउँपालिका-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

पूर्वीतिर पहिरा खस्न थाले, पश्चिममा भतभती पोल्ने घाम

सामान्यतया नेपालमा मनसुन जुन १३ देखि भित्रिनथाल्छ। तर यसपालि पूर्वी नेपालबाट भित्रिन थालेको मौसम प्रणाली सदरदर मिति भन्दा ३ दिन अगावै भित्रियो। मनसुन भित्रिदाँ सामान्य वर्षाले पनि यहाँको तापमान अलि कम हुनसक्थ्यो। तर मनसुनकै आशामा पश्चिम तराई अनि मध्यपहाडहरू भने घामले सुकिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सिरहामा प्रहरी कार्यालयभित्रै मृत भेटिइन् महिला प्रहरी जवान

जिल्ला प्रहरी कार्यालय सिरहामा एक महिला प्रहरी जवान कार्यालयभित्रै मृत भेटिएकी छन्। सिरहामा कार्यरत प्रहरी जवान करिष्मा सुनार बिहीबार दिउँसाे शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालकाे कानुनलाई मान्य हुने गरेर आए टिकटकसँग कुनै आपत्ति छैन: मन्त्री शर्मा

‘नेपालका कानुनहरु, नेपालको समाज, हाम्राे आफ्नाे सामाजिक महत्व छ। यो सबैलाई पनि मान्य हुने गरेर कुनै पनि हाम्रा सामाजिक सञ्जाल प्रयाेगकर्ताहरु आउँछन् भने हामीलाई टिकटकलगायत कसैसँग पनि आपत्ति छैन, मन्त्री शर्माले भनिन्, ‘मुख्य कुरा के हाे भने टिकटक नाममा हाम्रो कुनै समस्या होइन। टिकटकले जुन कन्टेनहरु दिन्थ्यो, त्यो  आफ्नाे स्वनियमनको व्यवस्था थिएन, सबैले पनि स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपालकाे महाधिवेशन: नेतृत्व चयन सहमतिबाटै गर्ने

जनकपुरमा जारी पहिलो महाधिवेशनमा बिहीबारका लागि तय भएको प्रक्रिया स्थगित गरी सहमतीय आधारमा नेतृत्व चयन गर्ने निर्णय भएकाे हाे। अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए। अध्यक्षबाहेक अन्य पदका लागि निर्वाचन गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर सहमतीमा नेतृत्व चयन गर्ने निर्णय भएपछि सबै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्यालयको सटरहरू बन्द नगर्न काठमाडौँ महानगरलाई उच्च अदालतको आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई सामुदायिक विद्यालयका सटर बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश दिएकाे छ। बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले असार ७ गतेसम्म सामुदायिक विद्यालयबाट भाडामा लिएका सटर बन्द नगर्न आदेश दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्खुवासभामा पहिरोले तीन घर बगायो, एक जना घाइते

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्नेछन्। राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल पनि जेनेभा गएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिम कांग्रेसले भन्याे- नीति तथा कार्यक्रमजस्तै ढङ्गले बजेट ल्याइए प्रतिवाद गर्छाैं

बजेटको तयारी मन्त्री र नेताको सचिवालयका कार्यकर्ता तथा विचौलियाको प्रभावमा नभई मन्त्रालयको प्रक्रिया, विधि, पद्धति र नियममा बसेर बजेट निर्माण गर्न सरकारलाई सचेत गराउने निर्णय भएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन एमालेकाे माग

उनले भने, ‘भारत भ्रमणमा केके भयो? नेपाल–भारतबीचको समस्याबारे केके ठोस कुरा भयो? यो संसद्को विशेषाधिकार हो। यो संसद्ले जानकारी पाउनुपर्छ। सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं