म्यानमार भूकम्प: हजारौं मानिस मारिएको आशंका
७.९ रेक्टर स्केलको उक्त भूकम्पमा परेर १० हजारभन्दा धेरै मानिस मारिएको हुनसक्ने स्थानीय प्रशासनले आशंका गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
७.९ रेक्टर स्केलको उक्त भूकम्पमा परेर १० हजारभन्दा धेरै मानिस मारिएको हुनसक्ने स्थानीय प्रशासनले आशंका गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
राजावादीहरूले शुक्रबार तीनकुनेकाे एउटा व्यावसायिक भवनमा आगाे लगाइदिएका थिए। त्यहीँबाट भिडिओ खिचिरहेका पत्रकार रजककाे त्यसैमा जलेर मृत्यु भएकाे हाे। प्रदर्शनकारीले भवनकाे मूल गेटमा ताल्चा लगाइदिएर पत्रकारलाई थुनेका थिए।
बिएल संवाददाता - काठमाडाैँ
चैत १५ गते राजावादी र गणतन्त्रवादी समाजवादी मोर्चाले आआफ्ने शक्ति प्रदर्शन गर्ने भनेका थिए। यो प्रदर्शनमा राजावादीहरूको आन्दोलन हिंस्रक बन्यो। बिएल नेपाली सेवाकी ईशु राईले त्यो हिंस्रक आन्दोलनका बारेमा ब्रिफ्रिङ गरेकी छन्…
ईश्वरी राई (इशु) - काठमाडाैँ
‘सरकार अब हेरेर बस्दैन। किनकि यो कुनै राजनीतिक आन्दोलन होइन। यो आपराधिक लुटपाटको हिंसाजनक अमानवीय कार्य हो। यसमा सरकार आज जस्तै संयमित भएर आगामी दिनमा बस्छ जस्तो मलाई लाग्दैन’ उनले भने ‘यो सबको जिम्मेवार दुर्गा प्रसाईं हुन् भन्ने हाम्रो ठहर हो। उनीहरूलाई कानुनअनुसार कारबाहीमा ल्याएरै छोड्छौं।’
बिएल संवाददाता - काठमाडाैँ
तीनकुनेस्थित एउटा ब्यापारिक भवनमा राजावादीहरूले आगजनी गरेका थिए। उक्त घरको छतमा बसेर आन्दोलनको दृश्य खिचिरहेका एभिन्यूजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
राजावादीको प्रददर्शन उग्र हुँदा भएको झडपमा एकजना मारिएका छन् भने प्रहरीसहित २२ जना घाइते भएका छन्। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्नका लागि अश्रुग्याँस र हवाइफायर गरेको थियो।
बिएल संवाददाता - काठमाडाैँ
त्यो बेलासम्म दुर्गा प्रसाईं भने आफैले गाडी हाँकेर त्यहाँबाट निस्किए। प्रसाईं बीएबी ४२०८ नम्बरको कार चढेर आएका थिए। त्यही कार हाँकेर त्यहाँबाट निस्किए। त्यहाँबाट निस्किएर उनले सामाजिक सञ्जालबाट प्रहरीले दमन गरेको र प्रदर्शनस्थलमा जान नदिनका लागि अश्रुग्याँस हानेको आरोप लगाए। उनले राजावादीहरूलाई निजी सम्पत्तीमा आगजनी नगर्न पनि अपिल गरे। त्यतिञ्जेल प्रदर्शनकारी झन उग्र भइसकेका थिए। प्रसाईं आफैले गाडीबाट हात हल्लाउँदै प्रदर्शनकारीलाई प्रहरीको घेरा तोड्न लगाएर झन उक्साएका थिए।
बिएल संवाददाता - काठमाडाैँ
प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रलाई हिंस्रक बनाएपछि त्यहाँ प्रशासनले कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेनाले पनि गस्ती गरेकाे हाे।
सनीराज शाक्य - काठमाडाैँ
तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी प्रदर्शनकारीहरूले व्यक्तिका घरघरमा आगजनी गर्दै आतंक मच्चाउन थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
प्रदर्शनकारी कार्यालयका सबै सिसाहरू फुटाउँदै भित्र छिरेर सामानहरू झिकेर आगाे सल्काइदिएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस र पानीको फोहरा हानेको थियो। अहिले पनि तीनकुने रणमैदान बनिरहेको छ। प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरी गाेलीसमेत प्रहार गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौंस्थित तीनकुनेको एक घरमा आगजनी भएको छ। राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर सिसा फुटाएकाे घरमा आगजनी भएको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधबारदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन्। तर प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रहरीले उनीहरूलाई बानेश्वतिर आउन दिएको छैन। जवर्जस्ती गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
थाईल्याण्ड र म्यानमार शक्तिशाली भुकम्प गएको छ। म्यानमारलाई केन्द्रबिन्दु बनाएर दुबै देशको जमिन बेस्सरी हल्लाउनेगरी गएको भूकम्प ७.९ म्याग्निच्यूडको भएको बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
तीनकुनेमा भेला भएका राजावादी प्रदर्शनकारीहरू नयाँ बानेश्वरतिर आउन खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो। प्रहरीले तीनकुने पुलबाट बानेश्वरतिर प्रदर्शनकारीलाई छिर्न दिएको छैन।
बिएल संवाददाता - काठमाडौं
आफूलाई अन्यायपूर्वक हटाएको भन्दै कुलमानले बुधबार सर्वोच्चमा रिट हालेका थिए। त्यसलगत्तै हितेन्द्रदेव पनि ४ वर्षअघिको मुद्दा लिएर सर्वोच्च पुगेका थिए।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएकाे छ । गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन्। त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्याली निकाल्ने तयारी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार पनि बैठक बोलाइएको थियो। तर प्रतिपक्ष दलहरूसँग सहमति हुन नसकेपछि बैठक स्थगित भएको थियो। विपक्षीहरूले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै आएका छन्। तर प्रधानमन्त्री नआउने र मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ। प्रतिपक्ष भने आफ्नो अडानबाट पछि हटेका छैनन्।
बिएल संवाददाता -
आज काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ। मोर्चाले पर्यटन बोर्ड सभा गृह अगाडि मुख्य सडकमै मञ्च खडा गरेको छ। जसकारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .