बुधबार, २९ अप्रिल २०२६

दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु, १२ जना घाइते

दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही–काेहलपुर सडकखण्डमा कपिलवस्तुबाट बर्दिया जादैँ गरेको लु १ ज ४२९८ नम्बरको मिनी बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं महानगरपालिकाका पूर्वमेयर प्रेमलाल (पीएल) सिंहको निधन भएको छ। पूर्वजनसंख्यामन्त्री तथा २०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर बनेका सिंहको आज बिहान चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारि स्रोतले जनाएको छ। लामो समयदेखि अस्वस्थ रहेका सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमले कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै

पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ। टियु क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन्। दुई टीम बीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट शुरू हुने छ।  आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ। सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन्। कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन्। कर्णाली सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ। कर्णालीको लागि शीर्ष दुईमा पुग्ने सम्भावना पनि छ। त्यसका लागि सुदूरपश्चिमलाई आफू अनुकुल नतिजामा हराउनुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ। आइतबार राती १२ बजेदेखि लागू हुने गरी २ रुपैयाँ बढाएर पोट्रोलको मूल्य  १५९ रूपैयाँ ५० पैसा कायम गरिएको छ। डिजेल र मट्टितेलमा भने २ रूपैयाँ मूल्य घटाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

३ महिना गाउँ-गाउँ पस्दै एमाले

नेकपा एमाले आउने माघदेखि ३ महिना गाउँ-गाउँ पस्ने भएको छ। राष्ट्रिय शक्ति निर्माणका  लागि माघदेखि एमाले वडा केन्द्रीत अभियान लिएर गाउँ-गाउँ पस्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्कुटर दुर्घटनामा बाबु–छोरीको मृत्यु

बर्दियामा स्कुटर दुर्घटनामा परी बाबुछोरीको मृत्यु भएको छ भने आमा छोरा घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया नगरपालिका– ६मा बस्ने रामकुमार साह र उनकी ६ बर्षीया छोरी बिद्या रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखरलाई हराउँदै सुदूरपश्चिम शिर्ष स्थानमा

नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबार भएकाे दाेस्राे खेलमा पाेखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोएल्सले शिर्ष स्थान बनाएकाे छ। यससँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पनि पक्का गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्र बैंकको प्रतिवेदन: आर्थिक वृद्धिमा गति छैन, विदेशी मुद्रा सञ्चितिमा पनि गिरावट

केन्द्रिय बैंकको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले  चालु आर्थिक वर्षको सुरुवाती ४ महिनामा आर्थिक वृद्धिमा मन्द गति, व्यापार घाटाको समस्या, विदेशी मुद्रा सञ्चितिमा गिरावट, महँगीको बढ्दो प्रभाव र बैंकिङ क्षेत्रको चुनौतीलाई प्राथमिकताका साथ उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘परिवर्तनमा योगदान गरेका दललाई बद्नाम गर्ने कोशिश भएकाले ठुला दलको सहकार्यमा सरकार बन्याे’

प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले दुई ठुला दलको सहकार्यमा सरकार बनेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिङ्गो संस्कृतिलाई जीवन्त पार्ने यःमरी पुन्ही (फाेटाे फिचर)

चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ। सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय पूर्व ‘रअ’ एजेण्टकाे खुलासाः १०–१५ दिनभित्रै ‘ओली सरकार’ ढल्छ (भिडियाे)

भारतकाे गुप्तचर संस्था (रअ)का पूर्वएजेण्ट लक्की बिष्टले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार १०–१५ दिनभित्रै ढल्ने दाबी गरेका छन्। पूर्व ‘रअ’ एजेण्ट बिष्टले नवभारत टाइम्समा कुराकानी गर्दै यस्ताे दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगरमाथि रोमाञ्चक जित निकाल्दा काठमाडौँको प्लेअफ सम्भावना जीवितै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सलाई काठमाडौँ गुर्खाजले एक विकेटले पराजित गरेको छ। काठमाडौँ गुर्खाजले १८.१ ओभरको खेलमा ९ विकेट गुमाएर १२० रन बनाउँदै विराटनगरमाथि रोमाञ्चक जित हासिल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंकका तत्कालीन उप-प्रबन्धक १३ वर्षपछि पक्राउ

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। उनी १३ वर्षपछि पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन्। आइतबार त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो। नियुक्त भएका डीनहरुमा शिक्षाशास्त्र संकायतर्फ प्रा.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्रतर्फ प्रा.डा. दुबिनन्द ढकाल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित

नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित भएकी छन्। नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार शर्मा एक हजार १४४ मतले निर्वाचित भएकी हुन्। मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशमा मतगणना सकिँदा शर्माले निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी हुन्। मधेशमा खसेको ७७२ मत शर्माले लिएको अग्रताभन्दा कम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज देशभर सार्वजनिक बिदा

सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।  किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।  सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेकपा एसको बैठक आज पनि बस्दै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ। आजको बैठकमा वरिष्ठ नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्ने छन् भने अन्तिममा अध्यक्ष नेपालले सबैको जवाफ दिनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्लेअफकाे सम्भावना सकिएकाे विराटनगरसँग काठमाडुलाई जित्नैपर्ने दबाब

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज प्लेअफले अन्तिम प्रतिस्पर्धा विराटनगर किंग्ससँग गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जाऔँ है ‘च्योर्दोङ’

च्याेर्दाेङ दोलखा जिल्लामा अवस्थित छ। समुद्री सतहदेखि ३,७०० मिटरको उचाइमा अवस्थित च्याेर्दाेङ एक रमणीय हिलस्टेसन त हाे नै धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा पनि याे धनी छ। त्यसैले त सुरु भएकाे हाे ‘जाऔँ है च्योर्दोङ’ अभियान।

बिएल संवाददाता

बिएल संवाददाता - जिरी, दोलखा