बुधबार, २९ अप्रिल २०२६

रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीकाे निर्देशन

‘यो विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु’ गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बीरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक बोहरासँग रवि लामिछानेले भने-हिरासतमा म सुरक्षित छैन (भिडियाे)

‘रवि दाइ त्याे हिरासतमा सुरक्षित छैन, म सुरक्षित छैन भनेर पटक पटक भनेर भन्नुभयाे। यसअघि चितवनबाट कास्की ल्याइँदाखेरि मध्यरातमा पनि रवि लामिछानेले म जाँदिनँ भनेर भन्दा प्रहरीले जबरजस्ती ल्याएकाे कुरा भन्नुभएकाे थियाे’, लामिछानेलाई भेटेर फर्किएपछि उनले फेसबुक लाइभमार्फत भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविकाे भाइरल तस्बिरबारे निकोलसले भने- फोटो मैले नै खिचेको हुँ, माफी चाहन्छु

‘यो फोटो रियल हो मैले नै खिचेको हो गल्ती भको हो माफी चाहन्छु। मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन’, उनले भनेका छन्, योभ्रममा नपर्न अनुरोध। म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गको थिएँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता परिवर्तनको ‘मिडिया ट्रायल’

नेपालमा २ मुख्य ठुला दलको समीकरण फेरवदल गर्न भइरहेका प्रयासहरु नतिजामुखी छैनन्। यो समीकरण भत्काउन अन्तर्राष्ट्रिय शक्ति त्यतिबेलासम्म सफल हुने छैनन्, जतिबेलासम्म काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीबीच अविश्वास संकट आउँदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ। टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत र मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकर प्रसाद शर्मालाई गणतन्त्र भारतका लागि र डा. नेत्र प्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको राजदूत नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन्: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई सदस्य नियुक्त

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिकाे सदस्यमा दुई जना नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्मण केसी र बलबहादुर पराजुलीलाई सदस्यमा नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जनकपुरले सुदूरपश्चिमलाई दियाे १४० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल)को क्वालिफायर वान मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुर्गा प्रसाईंकाे रिटमाथि कारण देखाउ आदेश जारी

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंलाई पक्राउ गरिएकाे विषयमा कारण देखाउ आदेश जारी गर्दै साथमा बन्दीलाई पनि आदालतमा उपस्थित गराउन आदेश गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

स्राेत नखुलेकाे ६८ लाख रुपैयाँसहित ४ जना पक्राउ

काठमाडौँबाट स्राेत नखुलेकाे ६८ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भुमार्गबाट मंगलबार राती पाैने दश बजे ४ जना पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्री र युएइका राजदूतको भेटवार्ता

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चितवनलाई हराउँदै कर्णाली क्वालिफायरमा

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ। बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफयरमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुख्खा बन्दरगाह पूर्ण क्षमतामा संचालन हुन किन सकेकाे छैन?

व्यावसायिक गतिविधिलाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले सेवा आरम्भ गरेको साढे दुई वर्ष पुगेको छ। तथापि, यतिका समय बितिसक्दा पनि चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुर्गा प्रसाईंको मुद्दामाथि सुनाइ आज

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा आज बुधबार सुनाइ हुँदैछ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त मुद्दाकाे सुनाइ गर्दैछ।  प्रसाईँका छोरा नीराजन प्रसाईँले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिलए) काे आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गर्‍याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तीन दलीय सर्वसत्तावादको कोपभाजनमा लोकतन्त्र

नेपालको अहिलेको मूल समस्या दल हैनन्, तिनीका शीर्ष नेता हुन्। त्यसमा पनि तीन ठूला दलका सुप्रिमो देउबा, ओली र प्रचण्ड नै मूल समस्या हुन्। गणगन्त्र स्थापनापछि एकछत्र राज गर्दैआएका उनीहरूले नै आज देशमा ब्याप्त निराशा, कुण्ठा र हतासाको जन्म दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

चितवन राईनोजले टस जितेर बलिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिलए) को आज हुने पहिलो इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ रोजेका छन्। यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा आज दुई खेल हुँदै

बुधबारको पहिलो इलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एकीकृत समाजवादीकाे २४ सदस्यीय केन्द्रीय सचिवालय गठन

नेकपा एकीकृत समाजवादी पार्टीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय सचिवालय गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं