शुक्रबार, १४ नोभेम्बर २०२५

गण्डकीमा मन्त्रिपरिषद् विस्तार: ‘फ्लोर क्रस’ गर्ने देवकोटा र मनाङे बने मन्त्री

मंगलबार मुख्यमन्त्री पाण्डेले नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनाएका हुन्। देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- गिरीबन्धुको फाइल कहिले खाेलिन्छ?

सांसद शाहीले गिरी बन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका छन्। उनले जीबी राई ठुलो कि सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउँदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाए। उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतले स्वागत गरे। प्रधानमन्त्री दाहालको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालय?

सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्रालयको जिम्मवारी दिएका छन् भने वीरबहादुर थापा र हिरा सार्कीलाई विनाविभागीय मन्त्री बनाएका छन्। त्यस्तै माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने अक्कल बहादुर रावल र लक्ष्मी विकलाई विनाविभागीय मन्त्रालयको जिम्मेवारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सरकारकाे ढुकुटीमा डलर साट्न पुग्ने साढे १९ खर्ब

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० महिनामा भित्रियाे करिब १२ खर्ब रेमिटेन्स

नेपाल राष्ट्र बैंकले साेमबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए रु ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘फ्लोर क्रस’ गरेर पाण्डे नेतृत्वकाे सरकार जाेगाउने देवकोटा काे हुन्?

नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फडिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वकाे सरकार जाेगिएकाे छ। साेमबार प्रदेशसभामा भएकाे मत विभाजनका क्रममा देवकोटाले 'फ्लोर क्रस' गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि पाण्डे नेतृत्वकाे सरकार जाेगिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टाेलीले श्रेष्ठसहित ८ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, सीआईबीको प्रतिवेदनको झिकाउने आदेश

न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै थप प्रमाण मगाउने आदेश दिएको हो। संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल भित्रियाे यस वर्षको मनसुन

सरदर मितिभन्दा ३ दिन छिटो गरी यस वर्षको मनसुन नेपालमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिम सरकारमा जाने एमाले र माओवादीकाे तयारी, भागबण्डा मिलाउ मन्त्रालय फुटाइँदै

सुदूरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा अब भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याउन लागिएको छ। संविधानमा रहेको प्रदेशसभा सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधानलाई आधार बनाएर १० मन्त्रालय बनाउन लागिएको स्रोतले बताएको छ। सुदूरपश्चिम प्रदेशसभामा ५३ सांसद रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै दायर भएकाे रिट न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासमा

गृहमन्त्री लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो।  अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड र मोदीबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिएका थिए। साथै उनको तेस्रो कार्यकालमा नेपाल र भारतबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सन्दीप लामिछानेले विश्वकप खेल्ने

क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाकिस्तानकाे लगातार दाेस्राे हार, भारतसँग ६ रनले पराजित

न्युयाेर्कमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेकाे हाे। भारतले दिएकाे १२० रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तानले निर्धारित २० ओभमा ७ विकेट गुमाएरमात्रै ११३ रन बनाउन सक्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाकिस्तानविरुद्ध भारत ११९ रनमै अलआउट

आइसिसी टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई १२० रनकाे लक्ष्य दिएकाे छ। अमेरिकास्थित न्युयाेर्कमा टस हारेर पहिले ब्याटिङ गरेकाे भारत १९ ओभरमा ११९ रन बनाएर अलआउट भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको शपथ

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका हुन्। मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन कति सहज?

मुख्यमन्त्रीका नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर अहिलेको प्रदेशसभाको अङ्कगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन। साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

जसपाकाे आधिकारिकता विवाद: उपेन्द्रको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने

यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं