प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।
उनले देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितको रक्षा संवर्द्धन, भूगोल एवम् स्वतन्त्रताको रक्षा गरेर अगाडि बढ्नुपर्ने बताए।
सोमबार हिमालयन संवाद कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्।
उनले भने, ‘देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धन, भूगोल एवम स्वाधिनता, स्वतन्त्रता साथै स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय हितहरूको रक्षा गरेर अगाडि बढ्छौं।’
साथै उनले नेपाल प्राकृतिक रुपमा धनी भएकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई धेरै महत्व दिनुपर्ने पनि बताए। उनले प्रकृतिका हिसाबले अगाडि भएपनि विकास निर्माणका पक्षहरूमा नेपाल पछाडि नै रहेको बताए।
बिएल संवाददाता
- काठमाडौं