‘देशमा केही भएन’ भन्ने मिसनका साथ पुरातनवादी तत्वहरू छट्पटाएका छन्ः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पुरातनवादी तत्वहरू देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित रहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरातनवादी तत्वहरू लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दै हिडेको बताएका हुन्। उनले भने, ‘यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरू काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन्। यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्वहरू छट्पटाएका छन्। उसले २५० वर्ष शासक भएर खाएको सम्झिएको छ। उनीहरू यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन्।’
बिएल संवाददाता - काठमाडौं