बुधबार, ०१ जुलाई २०२६

अवरुद्ध ‘बीपी राजमार्ग’ केही घण्टाभित्रै सञ्चालन गर्ने तयारी

बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी छ।  सोमबार रातिको वर्षाका कारण रोशी खोलामा आएको बाढीले सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्‍याएको थियो। ती मध्ये अन्य ठाउँमा सडक मर्मतको काम सकिएको र माम्तीको डाइभर्सन मर्मत कार्य भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए।  असोज महिनामा आएको बाढीले बीपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन फेरि बगाएको बताउँदै उनले आधा घण्टादेखि एक घण्टाको बिचमा दुईतर्फी नै सडक सञ्चालन हुने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुली

नेपालको राजनीतिमा ‘युगान्तकारी’ नेतृत्वको आह्वान

नेपालको राजनीतिक परिदृश्य संकटको गहिरो खाडलमा फसेको छ। प्रमुख दलहरूको भ्रष्टाचार, स्वार्थकेन्द्रित नीति र शासकीय अक्षमताले जनताको विश्वास पूर्णरूपमा गुमेको छ। नयाँ दलहरूले पनि प्रारम्भिक आशालाई कायम राख्न नसकेर विवाद र अस्थिरताको दलदलमा फस्दैछन्। जनताले अब सक्षम, इमानदार र परिणाममुखी नेतृत्वको खोजी गरिरहेका छन्। देशलाई यो अँध्यारो युगबाट मुक्त गर्न बालेन्द्र शाह, सर्वेन्द्र खनाल र कुलमान घिसिङजस्ता असाधारण व्यक्तित्वहरूको नेतृत्व अपरिहार्य छ। नेपालको राजनीतिक संकटले देशलाई पछाडि धकेलिरहेको छ। प्रमुख दलहरूले सत्ताको दुरुपयोग, भ्रष्टाचार र नीतिगत अस्थिरतामार्फत जनआकांक्षालाई कुण्ठित बनाएका छन्। विश्व बैंकका अनुसार नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा जम्मा ३.३५ प्रतिशत रहने अनुमान छ, जुन दक्षिण एसियाको औसतभन्दा कम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यान्मारको विद्यालयमा ‘क्रुर’ सैनिकको हवाई आक्रमण, कैयौ विद्यार्थी मारिए

ओइ थेइन क्वीन गाउँमा रहेको एउटा विद्यालयमा उक्त आक्रमण भएको थियो। माण्डलेदेखि लगभग १५ किलोमिटर नजिकै रहेको यो म्यान्मारको दोस्रो ठूलो सहर नजिकैको गाउँ हो। याे भारतीय सिमाना नजिकै पर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारत-पाकिस्तान सैन्य वार्ता : सहमति के भयो?

सैन्यअधिकारीहरूबीच वार्ता हुँदै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै थिए र अहिलेका लागि ‘अपरेशन सिन्दूर’ नभएर सैन्य कारबाहीमात्रै रोकिएको बताएका थिए। पाकिस्तानलाई उनले कैयौ चेतावनी पनि दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पानी र खून एकसाथ अघि बढ्दै सक्दैन-मोदी

आफ्नो सम्बोधनमा उनले पाकिस्तानसँग आतंकवादविरुद्ध अनि उसले नियन्त्रणमा लिएको भनिएको कश्मिरको बारेमा पनि वार्ता हुने पनि प्रस्ट पारे। त्यस्तै उनले पाकिस्तानले आतंकवाविरुद्ध कदम उठाउने प्रतीज्ञा नगरेसम्म उसका लागि शान्तिको कुनै पनि बिकल्प नभएको पनि चेतावनी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ट्रम्प भन्छन्, अमेरिकाले ब्यापार बन्द गर्छौं भनेपछि भारत-पाकिस्तान युद्धबिराम भयो

‘हाम्रो अमेरिकी प्रशासनले भारत तथा पाकिस्तानबीच पूर्ण तथा तत्काल युद्धबिराम गराउनका लागि सहयोग गरेको हो। मलाई लाग्छ यो स्थायी हुनेछ। जसबाट परमाणु हतियारले धनी दुई राष्ट्रबीच हुनसक्ने खतरनाक युद्ध समाप्त भएको छ’ ट्रम्पले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

वाईसीएलसामू प्रचण्डको गुनासोः ‘भ्रष्टाचारका फाइल खोल्न लागें, भ्रष्टहरूले सहेनन्, निकाले’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन्। पार्टीको भातृ संगठन वाईसीएल नेपालको प्रथम कर्णाली प्रदेश अधिवेशन उद्घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाईं सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको उनले बताए।  वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको प्रचण्डको आरोप छ। ‘म भ्रष्ट्राचारका फाइल खोल्न लागें,’ उनले भने, ‘त्यो अभियान भ्रष्टहरूलाई मन पर्ने कुरा भएन, अनि सरकार ढाल्न लागे।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंमा चर्को घाम, पनौतीमा डुबान (फोटो फिचर)

सोमबार दिउँसो परेको भारी वर्षाका कारण पनौती वडा नम्बर ५ वरपरको स्थान डुबानमा परेको छ। वर्षाका कारण सडकमा पानी जमेर सवारी आवतजावतमा पनि समस्या भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका कतिपय क्षेत्रमा चर्को घाम लागेपनि पनौती क्षेत्रमा भने पानी परेर डुबानमा परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पनौती

आफैंले बनाएको सभाहलमा आवाज नसुनिएपछि ओली असन्तुष्ट, यसरी पोखे आक्रोश…

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा आफैंले बनाएको सभाहलमा आवाज राम्रो नसुनिएको भन्दै असन्तुष्टि पोखेका छन्। सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहमा सम्बोधन गर्दै ओलीले अगाडिबाट बोलेको पछाडिकाले बुझ्न नसकेको भन्दै असन्तुष्टि पोखेका हुन्। ‘यो भवन मेरै अग्रसरतामा निर्माण भएको थियो,’ ओलीले भने, ‘तर, यो निर्माण गरिरहने भन्दा इकोसिस्टम ठीक नभएको हल निर्माण गर्ने भनिएको थिएन। बोल्ने तर अगाडिकाले बोलेको नबुुझ्ने, बोल्नेले सन्तोष लिने, सुन्नेले राम्रै त भनेका होलान् नि भन्नुुपर्ने यस्तो हल भनेको थिएन।’ त्यस्तै उनले सरकार लुम्बिनी गुरुयोजना अनुसार अगाडि बढिरहेको भन्दै गुरुयोजनाअनुसारका कामहरू छिटै पूरा गर्ने प्रयास रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

चीन र अमेरिकाबीच ११५ प्रतिशत कर घटाउने सहमति

यो सहमतिअनुसार अमेरिकाले आयात चीनका लागि लगभग ११५ प्रतिशत आयार कर छुट दिने भएको छ भने चीनले पनि अमेरिकी सामानमाथि त्यत्ति नै कम गरेको छ। अब अमेरिका भित्रिने चिनियाँ सामग्रीहरूमा ३० प्रतिशतमात्रै भन्सार कर लाग्नेछ भने चिनमा भित्रिने अमेरिकी सामग्रीमा १० प्रतिशतमात्रै कर लाग्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अरु आयुक्तले माधव नेपाललाई जोगाउन खोज्दा प्रमुख आयुक्त अल्पमतमा

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दी छुटको जग्गा विक्री प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा चलाउने अन्तिम समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरू दुई धारमा विभाजित भएका छन्। सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियारले पूर्वप्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने गरी प्रतिवेदन तयार गरिसकेको छ। उक्त प्रकरणको विस्तृत अनुसन्धान सकेर प्रतिवेदन तयार भइसकेको छ। उक्त अनुसन्धान प्रतिवेदन यतिबेला आयोगको पूर्ण बैठकमा पेस भइसकेको छ। गत चैत तेस्रो साता नै आयोगको पूर्ण बैठकमा पेस भएको प्रतिवेदनको अध्ययन नसकिएको भन्दै बहुमत आयुक्तहरूले अड्को थापेपछि अख्तियार प्रमुख आयुक्त राई अल्पमतमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको दाबीः हामीले संयमित हुन आग्रह गरेपछि ‘भारत-पाकिस्तान’ युद्ध रोकियो

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धको जोखिमबाट पछि हटेकोमा भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन्। सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती कार्यक्रममा बोल्दै ओलीले ओलीले आफूहरूको पहलमा युद्धको स्थिति टरेको भन्दै सन्तोष व्यक्त गरे। उनले दुई देशबीच हात हालाहालको स्थिति आए पनि संयमताका कारण युद्ध सुरु नपाएको भन्दै प्रशन्नता व्यक्त गरे। ओलीले भने, ‘हामीले सुरुदेखि नै भन्यौँ, यो हात हालाहालको स्थिति विस्तार हुन नपाओस् है भनेर। उहाँहरूसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

एमालेका ‘फरार सांसद’ ओली उपस्थित कार्यक्रममा, प्रहरी हेरेको हेर्‍यै

मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पक्राउ आदेश जारी गरेका एमाले लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा देखिएका छन्। प्रहरीको पक्राउको लिस्टमा रहेका पन्थी सोमबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा देखिएका हुन्। पन्थी यसअघि नै प्रदेश सभामा पनि निर्वाध पुगिरहेका छन्। सार्वजनिक कार्यक्रममा देखिइरहेका छन्। तर सत्तारुढ दलको नेता भएकै कारण हातमा पक्राउ पूर्जी बोकेको प्रहरीले देखे पनि नदेखे झैं गरिरहेको छ। सत्ताको आडमा अपराधमा सजाय तोकिएका एक सांसद यसरी निर्वाध हिँडिरहँदा पनि प्रहरी निरीह बनेको छ। पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रालिले विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिबाट उधारोमा लिएको विद्युतीय सामग्रीको रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युक्रेन पनि तयार भयो रुससँग वार्ता गर्न, इस्तानबुलमा भेटिएला युद्ध अन्त्यको बाटो?

‘वार्तामा बसेपछि कम्तीमा सम्झौता हुन सक्छ कि सक्दैन भन्ने कुराको निर्क्योल हुनसक्छ। सम्झौता हुनै सकेन भने पनि कम्तीमा युरोपेली नेताहरू र अमेरिकालाई कुन कुन विषयवस्तु कहाँ कहाँ छन् भन्ने प्रस्ट हुनेछ’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए ‘त्यसैले तत्काल, अहिले नै वार्ता गरिहाल…।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बुद्ध जयन्ती विद्रोह र क्रान्तिको प्रेरणादायी क्षण हो : प्रचण्ड

‘बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि हो। करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैंगिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारत पाकिस्तान वार्ता : दुबै देशका सैन्य अधिकारीले नेतृत्व गर्ने

वार्तामा दुई देशका मात्रै प्रतिनिधिहरू हुनेछन्। दुबै देशले अन्य तेस्रो देशको मध्यस्थतालाई अस्वीकार गरिसकेका छन्।  यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रातभरि दुबै देशका प्रधानमन्त्रीहरूसँग फोनवार्ता गरेर युद्धबिरामको सहमति भएको थियो।  यो पहिलो चरणको वार्ताको नेतृत्व दुबै देशका सैन्य अपरेशन महानिर्देशकहरूले गर्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अमेरिका-चीनबीच ब्यापार सम्झौता

दोस्रोपटक राष्ट्रपति भएसँगै भन्सार कर नीतिमा डोनाल्ड ट्रम्प निकै कडारुपमा प्रस्तुत हुँदै आएका थिए। उनी सबैभन्दा चीनप्रति नै आक्रामक देखिए। चिनियाँ वस्तुमाथि उनले १४५ प्रतिशतसम्म कर लगाइदिएका थिए। त्यस्तै चीनले पनि अमेरिकी सामग्रीमाथि १२५ प्रतिशत कर पुर्‍याइदिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विश्व पौडेलले समितिबाट राजीनामा दिए, गभर्नर नियक्तिको तयारी

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। शनिबार सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवासमा भएको बैठकमा देउवाले उनको नाम सिफारिस गरेका हुन्।  पौडेल योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

साढे तीन वर्षपछि धुम्बाराही फर्किए कमल थापा, सुध्रिएको हो सम्बन्ध?

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा करिब साढे तीन वर्षपछि राप्रपाको कार्यालय धुम्बाराही फर्केका छन्। जेठ १५ गतेको राजावादी प्रदर्शनको तयारीका लागि उपत्यकाका अगुवा कार्यकर्ताहरूसँगको छलफलका लागि थापा धुम्बाराही पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए। लिङदेनले थापासँगको तस्बिर सामाजिक सञ्जालमा सेयरसमेत गरेका छन्। पछिल्लो समय दुई अध्यक्षबीचको सम्बन्ध सुधारको क्रममा देखिएको छ। वैशाख १५ गतेको राप्रपा नेपालको विरोध सभामा लिङदेन थापाको निम्तो स्वीकार्दै पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत-पाकिस्तान ‘युद्धविराम’को राष्ट्रसंघद्वारा स्वागत, यता आरोप-प्रत्यारोप कायमै

सम्झौताले दिगो शान्तिमा योगदान पुर्‍याउने र दुई देशहरू बीचको लामो समयदेखि चलिरहेका मुद्दाहरूलाई सम्बोधन गर्न अनुकूल वातावरण निर्माण गर्ने अपेक्षा राष्ट्रसंघले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसंघ  शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले गरिएका प्रयासहरूलाई समर्थन गर्न तयार रहेको जनाएको छ। एकअर्कामाथि केही दिनदेखि जारी सैन्य हमलापछि पाकिस्तान र भारतले शनिबार तत्काल लागू हुने गरी युद्धविरामको घोषणा गरेका थिए। अमेरिकाको प्रत्यक्ष हस्तक्षेपमा भारत युद्धविरामका लागि तयार भएको थियो। तर, यता दुई देशले युद्धविराम घोषणा गरेको केही घण्टापछि भारतले पाकिस्तानमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले उक्त आरोप अस्वीकार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली