बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्किएको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली राजनीतिबाट सन्या लिए सबैभन्दा खुसी आफू हुने बताए।
उनले भने, ‘नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौं भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थें। अवमूल्यन गरेर भनेको होइन एकदमै ठूलो सम्मान छ उहाँहरूप्रति। उहाँहरूले नेपालमा ठूलो योगदान गर्नुभएको छ। तर नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको छ।’
त्यस्तै उनले नेपाली राजनीतिप्रति वितृष्णा पैदा भएको बताउँदै राजनीति फोहोर जमेको पोखरी जस्तो भएको टिप्पणी गरे। पार्टीमाथि पहिला नियन्त्रण गर्ने र पार्टीमार्फत नेपालको राजनीतिमाथि नियन्त्रण गर्ने प्रवृत्ति बदल्नुपर्ने उनको भनाई छ।
उनले भने, ‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ। यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ। यस्तो लोकतन्त्रमा काँही हुँदैन। म युवा हुँदै गर्दा पनि देशको सबैभन्दा ठूलो नेता शेरबहादुर देउवा र केपी शर्मा ओली र प्रचण्ड नै। म अहिले ५० वर्ष हुन लाग्दासमेत उहाँहरू नै हुने कुरा लोकतन्त्रमा यस्तो हुँदैन। पार्टीमाथि पहिला कन्ट्रोल र पार्टीमार्फत नेपालको राजनीतिमाथिको जुन नियन्त्रण छ। यो नबदलेसम्म हुँदैन।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया