बिहिबार, १३ नोभेम्बर २०२५

सिंहदरबारमा सर्वदलीय बैठक जारी

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी–पहिरोबाट अहिलेसम्म १२९ जनाको मृत्यु

बाढी पहिरोमा परी सबैभन्दा बढी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथ र भक्तपुरमा ५-५ जनाको ज्यान गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढीपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा जे देखियो...(फाेटाे/भिडियाे)

काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आयो। बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एयरलाइन्सहरुले हवाई भाडा महङ्गाएकाेप्रति प्रधानमन्त्रीकाे चासाे

विपत्तिकाे समयमा एयरलाइन्स कम्पनीहरुले हवाई भाडा बढाएकाेप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासाे व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघकाे महासभामा सहभागी हुन अमेरिका पुगेका ओलीले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौंका बाढी पीडितको साथमा वडाध्यक्ष, एक हजार १६० को उद्धार

शुक्रबारबाट परेको अविरल वर्षाका कारण नदी किनारा हुँदै बस्तीभित्र पानी प्रवेश गरेको थियो। यसबाट आइलागेको विपत्तिको सामना गर्न शनिवार बिहानैदेखि महानगर प्रहरी बलका १७ वटा टोली परिचालन भएका थिए। यसरी खटिएका नगर प्रहरीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयहरुसँगमा खोज र उद्धारको काम गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेसकाे निर्णय: विपद् कोषमा ५० लाख जम्मा गर्ने, उपनिर्वाचनको तयारी थाल्ने

सत्ता साझेदार नेपाली कांग्रेसले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारको राहत कोषमा पचास लाख जम्मा गर्ने पनि निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झ्यापले खाेला पहिराेबाट २५ वटा शव निकालियाे

धादिङकाे धुनीबेसी नगरपालिका- ९ झ्यापले खाेलामा पहिराेमा पुरिएका थप ११ जनाकाे शव निकालिएकाे छ। आइतबार बिहानदेखि अहिलेसम्म साे स्थानबाट थप ११ जनाकाे शव निकालिएकाे उद्दारमा खटिएका प्रहरीले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेको आकस्मिक बैठक बस्दै, उद्दारमा स्वयमसेवक खटाउने तयारी

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठक पार्टीको विपद् व्यवस्थापन तथा स्वयमसेवा विभागका सदस्य पनि सहभागी हुने गरी महासचिव शङ्कर पोखरेलले बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बढिरहेको सुनको मूल्यमा आयो गिरावट

निरन्तर बढेर रेकर्ड राखिरहेको सुनको मूल्यमा साताको पहिलो कारोबार दिन आज (आइतबार) भने गिरावट आएको छ।  आइतबार ६ सय रूपैयाँले सुनको मूल्य घटेर हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अत्यावश्यक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गर्न दिइयो

काठमाडौँ जोड्नका लागि पहिरोले सबै सडक अवरुद्ध भए पछि धादिङमा अलपत्र परेका अत्यावश्यक सवारी सधानलाई नागढुंगा सुरुङ मार्गबाट प्रयोग गर्न दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लेबनान-इजरायल युद्ध: हिज्बुल्लाह र इरानले अब के गर्लान्?

शुक्रबार भएको एउटा आक्रमणमा हिज्बुल्लाहका बरिष्ठ नेता हसन नसरल्लाहसहित उच्चस्तरका कमाण्डरहरू मारिएको पुष्टि भइसकेको छ। त्यसमा इजरायलसँग ‘पूरै बदला’ लिने चेतावनी हिज्बुल्लाहले दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झ्याप्ले खोलामा थप ३ शव फेला

धादिङकाे झ्यापले खाेला (नागढुङ्गानजिक)मा थप ३ शव फेला परेको छ। शनिबार साँझ सोही ठाउँमा आएको पहिरोमा परी पुरिएका दुई बसबाट १४ वटा शव निकालिएकाे थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौँ जोड्ने सबै नाका ठप्प, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पुर्‍याएको छ। कतिपय ठाउँमा पुल नै बगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढीपहिरो अपडेट: १०० जनाको मृत्यु, ७२ बेपत्ता

लगातारको झरिपछि आएको बाढी पहिरो र डुबानबाट देशभर मृत्यु हुनेको संख्या १०० पुगेको छ। विपद्मा परि ७२ जना बेपत्ता र र एक सय जना  घाइते भएका गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै  ४९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका २६, भक्तपुरमा ५ र ललितपुरमा १८ जना रहेका छन्।  देशका अधिकांश ठाउँहरुमा झरि पर्ने क्रम नरोकिएको कारण अझै विपद्का घटनाहरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सोमबारसम्मै दर्किनसक्छ झरी, देशभरि सयजना भन्दा धेरैको मृत्यु

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै  ४८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जना रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एन्फा एकेडेमीका ६वटै बालकको शव भेटियो

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिबार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरुको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

बुटवलबाट काठमाडाैँ आउँदै गरेकाे बस झ्यापले खाेलामा पुरिएकाे आशंका, दुई जनाकाे शव भेटियाे

नौबिसे नागढुङ्गा सडकखण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अविरल वर्षाका कारण देशभर ६६ जनाको मृत्यु, ६० जना घाइते

गृह मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले काठमाडौं उपत्यकासहित देशभर  ६० जना घाइते र ६९ जना बेपत्ता भएको बताए। तिवारीकाअनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ। भने, १० जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्रीपरिषद् बैठक: घाइतेहरुको निःशुल्क उपचार, सडक तत्काल खुलाइने

शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भक्तपुरमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

सूर्यविनायक नगरपालिका-९ स्थित पलासेमा टहरो बनाई बसेको ३ जनाकाे शुक्रबार बिहान माथिबाट खसेकाे पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएकाे हाे। मृत्यु हुनेमा कालिकोट स्थायी घर भक्तपुर बस्दै आएका २४ वर्षीया दमिला शाही, १४ वर्षीया मनिषा शाही र ४ वर्षीया प्रिया बम रहेका छन्। प्रहरीका अनुसार दमिला गर्भवती रहेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं