बुधबार, ०१ जुलाई २०२६

रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ। मिश्र पत्नी सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शुक्रबार न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो। योसँगै मिश्र आजै रिहा हुने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सभापति देउवा र माओवादी उपमहासचिव शर्माबिच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्। शर्मा शुक्रबार दिउँसो देउवालाई भेट्न उनको निवासमा पुगेका थिए। भेटबारे शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको बताएका छन्। उनले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल।’ आज बिहान मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई डडेलधुराबाटै फोन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी सम्बन्धी आयोगहरूमा गरिएको नियुक्तिप्रति द्वन्द्वपीडितको आपत्ति

द्वन्द्वपीडित समूदायले संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा पदाधिकारीहरू नियुक्तिमा असहमति जनाएका छन्। शुक्रबार काठमाडौंमा द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित साझा चौतारी, वेपत्ता परिवार समाज नेपाल, द्वन्द्व पीडित साझा चौतारीलगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूसँग परामर्श नै नगरि आयोगमा अपारदर्शी, स्वेच्छाचारी, अविश्वसनीय, निर्देशीत र दलीय भागवण्डाका आधारमा पदाधिकारी छनौट गरिएको भन्दै आपत्ति जनाएको हो। पीडितहरूको दबाबका बावजुद सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा सत्तारुढ दलहरूले अघि बढाएको भागबण्डा अनुरूप नियुक्ति प्रक्रिया अगाडि बढाइसकेको उनीहरुको भनाइ छ। सोही क्रममा द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले पीडितका सवाललाई हलुका तरिकाले नलिन राज्यलाई खबरदारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’सँग जोडिएकोमा हितेन्द्रको आपत्ति

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडेर ‘अब इन्भर्टर र मैनबत्तीका दिन आए’ भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कतिपनि सत्यता नरहेको दाबी गरे। उनले भने, ‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडेर अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्तिपनि सत्यता छैन र अब नेपालमा पुनः लोडसेडिङ शुरु हुने दिन आउँदै नआउने कुरा आम उपभोक्तालाई जानकारी गराउछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हुलाकी सडक नेपालगन्जका प्रमुख भण्डारीविरुद्ध अख्तियारमा उजुरी

हुलाकी सडक नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। भण्डारीले आफ्नो सरकारी हैसियत दुरुपयोग गरी विभिन्न ठेक्कापट्टामा भ्रष्टाचारजन्य कार्यगरी अकुत सम्पति कमाई भष्टाचार निवारण ऐन २०५९ को गम्भीर उल्लंघन गरेको आरोप लगाउँदै डिल्लीराम खनालले अख्तियारमा उजुरी दिएका हुन्। विभिन्न सडक आयोजनाहरूको गुणस्तर र परिणाम कायम नगरी ठेकेदारसँगको मिलेमतोमा ठेक्का सम्झौता भन्दा बढी भुक्तानी दिएको, सडक निमार्ण नै नगरी रकम भुक्तानी दिएबापत घुस लिइ भ्रष्टाचारजन्य गरेकोमा उनीविरुद्ध यसअघि नै अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि हालसम्म छानबिन नगरिएको खनालको उजुरीमा उल्लेख छ। प्रमुख भण्डारीविरुद्ध निर्माण कम्पनीसँगको मिलेमतोमा गैरकानुनी ठेक्का लगाइ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेसँग एकताबारे प्रचण्डः नराम्रोसँग धोका खाइयो, ‘इनफ इज इनफ’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्काल एमालेसँग मिलेर बाम एकता सम्भव नरहेको टिप्पणी गरेका छन्। शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुभारम्भका लागि डडेलधुरा पुगेका प्रचण्डले अहिले तत्काल र ०८४ को चुनावसम्म पनि वामपन्थी एकताको सम्भावना नरहेको बताए। उनले आफूले यो कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भनेको जिकीर गरे।  उनले भने, ‘हामीले पहिलै वामपन्थी एकता होस् भनेर चाहना राखेकै हो, प्रस्ताव गरेको पनि हो, एकता भएको पनि हो तर त्यो तोडियो। फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको हो तर नराम्रोसँग धोका खाइयो, पार्टीले मात्र होइन, नेपाली जनतालाई पनि धोका भयो, त्यसकारण इनफ इज एनफ।’

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

डडेलधुरा पुगेर देउवालाई प्रचण्डको फोन, देउवाले काठमाडौंबाटै गरे स्वागत

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्। शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुभारम्भका लागि डडेलधुरा पुगेका प्रचण्डले त्यहीँबाट फोन गरेका उनको सचिवालयले बताएको छ। प्रचण्ड स्वयंले पनि देउवालाई फोन गरेको पुष्टि गरेका छन्। प्रेस सेन्टर डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवालाई आफूले डडेलधुरा आइपुगेको जानकारी गराएको र देउवाले स्वागत गरेको बताए। ‘म यहाँ बस्दै गर्दा, यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ। देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो, डडेलधरामा स्वागत भन्नुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिङदेनको चेतावनीः सरकारले निषेध गर्न खोजेको भए जंगल पस भनोस्, विद्रोहका लागि तयार छौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने भए सरकारविरुद्ध विद्रोहमा जान र जङ्गल पस्न भन्नुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा ‘सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्नेहरू दण्डित हुनुपर्छ’ भन्दै आवाज उठाउनेलाई प्रताणित गरेको आरोप लगाए। ‘आस्थाकै आधारले एकपछि अर्कोगरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिंगो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रुपमै सरकारले भन्दियोस् हामी विद्रोहमा जाऔं। राप्रपा लगायत हिन्दुराज्य, राजसंस्था मान्छु भन्नेहरूले संघीयता मान्दिन, प्रदेश मान्दिन भन्नेहरू देशमा सुशासन हुनुपर्छ, भष्ट्राचार गर्नेलाई दण्डित हुनुपर्छ भन्नेहरू यसरी प्रताणित हुनुपर्छ भने विद्रोहमा जान्छौं। विद्रोहमा जाऔं, जङ्गल पस भन्नुपर्‍यो,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिमालहरू जोगाउँदा ‘पृथ्वी, महासागर र मानवता’ जोगिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन् ।  शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमाल जोगाउनु भनेको पृथ्वी र मानवता जोगाउनु भएको भन्दै यही यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरेको बताए । उनले हिमालहरू सरोकारको विषय नलाग्न सक्छ तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको भन्दै हिमालहरु विश्वकै साझा चिन्ताको विषय भएको बताए ।  उनले भने, ‘सगरमाथा संवादको पहिलो थिम ‘जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य’ रहेको छ । यसले हाम्रो मनको कुरा भन्छ । हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन । यो त हाम्रो दैनिक यथार्थ हो तर, केवल हाम्रो मात्र होइन, विश्वकै साझा चिन्ताको विषय हो । के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ ?, हिमालहरू टाढाका लाग्न सक्छन् तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पले किन चलाउँदैछन्, भारतमाथि ब्यापारको डन्डा?

युद्धबिरामका लागि ट्रम्पको भूमिकालाई लिएर अहिले भारतीय राजनीति भने विभाजित बनेको छ। र विपक्षीहरूले मोदीको आलोचना गरिरहेका छन्। मोदीले भने पाकिस्तानको हारगुहार पछि युद्धबिराम भएको भन्दै अमेरिकी भूमिकालाई अहिलेसम्म स्वीकार गरेका छैनन्।  ट्रम्प आफैले भारत र पाकिस्तान दुबैलाई अमेरिकाले ब्यापार बन्द गर्ने चेतावनी दिएपछि युद्ध बिराम भएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुरु हुँदै ‘सगरमाथा संवाद’, ‘उच्चस्तरीय’  विदेशी पाहुना आएनन्

‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ नारा दिइएको यो संवाद कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसदेखि छिमेकी अनि अरु पनि कैयौं राष्ट्रका प्रधामन्त्रीहरूलाई समेत निम्तो गरिएको थियो।  तर यी कोही पनि यो संवादमा आएका छैनन्। बिहीबार अबेरसम्म कुनै पनि देशका मन्त्रीहरू सहभागिताका लागि नेपाल आइसकेका छैनन्। आयोजकका अनुसार लगभग आउने सम्भावना पनि छैन। यो संवाद कार्यक्रमको उद्घाटन शत्रमा राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको भिडिओ सन्देश भने प्रशारण हुनेछ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बालेनविरुद्ध लागेका ४ वडाध्यहरूमाथि कारबाही, घण्टीकी वडाध्यक्षको इन्ट्री

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूविरुद्ध आलोचना गर्ने ४ वडाध्यक्षहरूको जिम्मेवारी खोसेका छन्। कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी खोसेर नयाँलाई जिम्मेवारी तोकेका हुन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय भित्र्याउन भूमिका खेलेका र आफ्नो आलोचना गरेका वडाध्यक्षहरू बालेनको निशानामा परेका हुन्। जिम्मेवारी गुमाउनेमा वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर सूचना प्रविधि समिति र महानगर प्रवक्ताबाट हटेका छन्। उनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति भित्रिएका छन्। यस्तै, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी सुशासन समिति, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत सम्पदा तथा पर्यटन समिति र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन विधायन समितिबाट बाहिरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गभर्नरमा मेरो ल्याउनु कोही छैन, क्षमतावान व्यक्ति नियुक्त हुन्छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हो तर सरकारमा आफू मात्रै नभएको बताएका हुन्। उनले भने, ‘राष्ट्र बैकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन। त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीले दिए पुटिनलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्ताका क्रममा ओलीले पुटिनलाई नेपालको औपचारिक भ्रमणको निम्तो सुनाइदिन भनेका हुन्। ओलीले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद बस्नेतविरुद्ध ‘भ्रष्टाचार मुद्दा’ दायर हुँदा कार्की, बास्कोटा र पूर्व मुख्यसचिवलाई उन्मुक्ति!

बस्नेतसहितविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिरहँदा उक्त प्रकरणमा जोडिएका चर्चित राजनीतिक पात्रहरू र पूर्व प्रशासकहरूले भने उन्मुक्ति पाएका छन्। सोही प्रकरणमा जोडिएका दुई पूर्वसञ्चारमन्त्रीहरू हुन्- कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र एमाले सांसद गोकुल बास्कोटा। त्यस्तै पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले टेरामक्स प्रकरणमा उन्मुक्ति पाएका छन्। एकै प्रकरणमा जोडिएका एउटा मन्त्रीविरुद्ध मुद्दा दायर हुँदा अन्यले उन्मुक्ति पाएपछि अख्तियारको अभियोजनमा प्रश्न उठेको छ। तर अख्तियार स्रोतले पूर्वमन्त्री बस्नेतको एकल निर्णयले भ्रष्टाचार भएको दाबी गरेको छ। स्रोतका अनुसार उनी प्रत्यक्ष जोडिएकाले विरुद्धमा मुद्दा दायर गरिएको हो। तर, कार्की, बास्कोटा र अर्याल प्रत्यक्ष नजोडिएकाले मुद्दा चलाउनुपर्ने स्थिति नरहेको स्रोतको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। टेरामक्स प्रकरणमा अख्तियारले बुधबार विशेष अदालतमा बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद निलम्बन भएको हो। बस्नेत गत निर्वाचनमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित भएका थिए। भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुद्दाको किनारा नलागेसम्म कुनै पनि राष्ट्रसेवक स्वत: निलम्बन हुने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टेरामक्स प्रकरणमा कांग्रेस सांसद बस्नेतसहित १८ विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार प्राधिकरणको उपकरण खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १८ जना विरुद्ध मुद्दा दायर गरेको छ। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सांसद बस्नेतसहित प्राधिकरणका पूर्व महानिर्देशकहरू दिगम्बर झा, पुरुषोत्तम खनालसहित १६ व्यक्ति र २ कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।  दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्ब २५ करोड रुपैयाँ बढी भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ताकै रजगज…

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राई १० लाख धरौटीमा रिहा भएकी छन्। बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।  सहकारी ठगी प्रकरणमा उनीमाथि ठगी र संगठित अपराधमा अनुसन्धान गरेको प्रहरीले १८ दिनमै अनुसन्धान सकेर प्रतिवेदन बुझायो। बुधबार एकै दिन उनीमाथिको सुनुवाइ र थुनछेक बहस सकियो र आदेश पनि आयो। उनी वैशास १३ गते पक्राउ परेकी थिइन्। प्रहरीले संगठित अपराधमा प्रहरीले ६० दिन हिरासतमा राखेर अनुन्धान गर्न पाउँने कानुनी व्यवस्था छ। तर, सत्ताको दवाबमा परेको प्रहरीले उक्त व्यवस्थालाई अपराध कसुर भन्दा पनि व्यक्ति हेरेर प्रयोग गर्दै आएको छ। यसको गतिलो उदाहरण हुन् रास्वपा सभापति रवि लामिछने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्प नीति : धम्की दिएर युद्ध रोक्छन्, खर्बौंको हतियार पनि बेच्छन्

भर्खरै सुरु हुन लागेको भारत-पाकिस्तान युद्ध रोक्न पनि उनले ‘ब्यापार रोकिदिने’ भनेर धम्की दिएका थिए। त्यसपछि दुबै देश युद्धबिरामका लागि सहमत भए।  यद्यपि भारतीय प्रधानमन्त्रीले ट्रम्पको भूमिकाबारे मुख खोलेका छैनन्। बरु युद्ध बिरामका लागि पाकिस्तान नै हारगुहार गरेको भारतको आरोप छ।  तर ट्रम्प भने निरन्तर त्यही भनिरहेका छन्। आफैमा तनावपूर्ण रहेका खाडीका देशहरूमा अहिले ट्रम्पले त्यही युद्ध र ब्यापारको कुरा गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गाजापट्टीका अस्पतालहरूमै इजरायको लगातार आक्रमण, २४ घण्टामै मारिए ८० जना

गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ। मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन्। नजिकैको अल–अव्दा अस्पतालले थप नौजनाको शव प्राप्त गरेको छ। जसमध्ये ७ बालबालिका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ