बिहिबार, १३ नोभेम्बर २०२५

बाढी–पहिरोमा १४ जनाको मृत्यु, ११ जना बेपत्ता

बिहीबारदेखि भइरहेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। शुक्रबारदेखि शनिबार १२ बजेसम्म देशका विभिन्न जिल्लामा १४ जनाको मृत्युसँगै ११ जना बेपत्ता भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चन्द्रागिरिमा पहिराेले घर पुरिँदा २ जनाकाे मृत्यु, २ घाइते

शनिबार बिहान माथिबाट आएकाे पहिराेले गर्वे तामाङकाे घर पुरिएकाे प्रहरी वृत थानकाेटका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। प्रमुख सुवेदीका अनुसार मृत्यु हुनेमा तामाङसहित उनकी श्रीमती ३६ वर्षीया सविना तामाङ रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुरुकुलमा नदीले थुनिएका ३३ जना विद्यार्थी–शिक्षकको हेलिकप्टरबाट उद्धार गर्ने तयारी

सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलमा २८ विद्यार्थी र ५ जना गुरूसहित ३३ जना नदीबिचमा फसेका छन्। उनीहरू हिजो शुक्रबारदेखि थुनिएको र अहिले हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको वडा नम्बर १ का वडा सचिव रमेश थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढीपहिराेमा परेर ११ जनाकाे मृत्यु, १३ जना बेपत्ता

बाढीपहिराेमा परेर पाँचथरमा २, धनकुटामा २, झापामा १, काठमाडाैँमा १, ललितपुरमा १, काभ्रेमा ३ र धादिङमा १ जनाकाे गरी ११ जनाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनकोशी नदीबीचमा थुनिए ३३ जना विद्यार्थी–शिक्षक, उद्धारका लागि आग्रह

सिन्धुलीमा रहेको एक गुरुकुलका ३३ जना विद्यार्थी–शिक्षक सुनकोशी नदीबीचमा फसेका छन्। सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

२१ नदीले पार गर्‍यो खतराको तह

बिहीबार साँझदेखिको अविरल वर्षापछि आएको बाढीले देशभरका २१ नदीमा खतराको तह पार गरेको छ। शनिबार बिहान साढे १० बजेको विवरणअनुसार २१ नदीमा जल सतहले खतराको तह पार गरेपछि साइरन बजाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

देशभरका मुख्य राजमार्ग नै अवरुद्ध, यात्रु बाटोमै अलपत्र

बिहीबार साँझदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा देशभरका मुख्य तथा सहायक राजमार्गहरू अवरुद्ध भएका छन्। लगातारको वर्षाले राजधानीसँग काठमाडौँसँग जोड्ने काठमाडौं– नागढुङ्गा–चितवन सडक खण्ड अवरुद्ध रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विपद्का घटना बढेपछि गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक

अविरल वर्षासँगै देशभर विपद्का घटना बढेपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नख्खु खोलाले बगाउँदा एक बच्चासहित ४ जना बेपत्ता

ललितपुरको स्थित नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन्। शुक्रबार बिहान सवा ९ बजे ललितपुर महानगरपालिका– १४ नखिपोट कान्तिपुर कोलोनिमा ४ जनालाई खोलाले बगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

निरन्तरको मनसुनी वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढेको छ। जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए: नदीको भेल उदयपुर र सुनसरीमा पस्ने जोखिम

निरन्तरको मनसुनी वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढेको छ। जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

वर्षा नरोकिएपछि आन्तरिक उडान अझै बन्द

वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौं उपत्यकामा बाढीको वितण्डा (फोटो/भिडियो)

बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका नदी–खोलाको जलसतह बढेर आसपासका क्षेत्रमा बाढी पसेको छ। बाढीले यहाँको जनजीवन प्रभावित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी ठगीमा  भागेका मेयर दिल्लीबाट पक्राउ

सहरकारीको रकम अपचलन गरेको आरोप लागेपछि भागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समिति चितवनले सवारी सञ्चालनमा रोक लगाएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कुलेखानीको बाँध भरिन थाल्यो, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुरमा रहेको कुलेखानीको बाँध भरिन थालेको छ। बाँध भरिन थालेकाले ढोका खोल्नेसमेत तयारी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गोरखा मिडियाका सञ्चालक जोशीलाई थप ‍७ दिन हिरासतमा राख्न अनुमति

गोरखा मिडियाका संचालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखुन अदालतले अनुमति दिएको छ। उनी यही असोज ६ गते सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौँको शंखमुलबाट पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दसैं मनाउन घर फर्किँदै गरेका एक युवक महाकाली नदीमा बेपत्ता

दसैं मनाउन घर फर्किन थालेका एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

सर्वोच्चकाे न्यायाधीशमा निरौला र पाण्डेकाे नाम सिफारिस

शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हाे। सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाइ हुन्। उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं