बुधबार, ०१ जुलाई २०२६

टर्कीबाट भेटिएला रुस-युक्रेन युद्ध अन्त्यको बाटो?

सन् २०२२को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। त्यसयता न त युद्ध थामिएको छ न दुबै देश आपसमा वार्ता गरिरहेका छन्।  दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति भएलगत्तै ट्रम्पले भने दुबै देशलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा युद्ध समाप्त गर्न चेतावनी दिइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गैरआवासीय नेपालीः ‘तेरो घरमा कांग्रेस पसोस्’ !

गैरआवासीय नेपाली संघको स्थापनामा कांग्रेसजनको कुनै भूमिका छैन।त्यसैले उनीहरू यसलाई बाँसको मुरलीझै सके 'आफैं बजाउने, नसके फुटाइदिने' रणनीतिमा थिए। धेरै प्रयासपछि यसपटक भने एनआरएनमा कांग्रेस पसेर नै छोड्यो।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

ओली र आरजु-प्रचण्डका आ-आफ्नै ‘एनआरएनए’

महाधिवेशनले कांग्रेस र माओवादीको गठबन्धनबाट महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यमसमिति निर्विरोध चयन गर्‍यो। एमाले गुटका अर्का अध्यक्ष बद्री केसी समूहले महाधिवेशन नै बहिष्कार गर्‍यो। अब यतिबेला दुई कार्यसमिति सक्रिय भएका छन्। परराष्ट्रमन्त्री राणाले नयाँ कार्यसमितिलाई औपचारिकता प्रदान गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली पुरानै कार्यसमितिलाई जगाउँन लागि परेका छन्। यतिबेला एनआरएनएमा तीन पार्टीका तीन गुट बनेका छन्। महेश श्रेष्ठ नेतृत्वको कांग्रेस गुट, बद्री केसी नेतृत्वमा एमाले र आरके शर्मा नेतृत्वमा मा‌ओवादी गुट सक्रिय छ। नयाँ कार्यसमितिमा श्रेष्ठ र शर्मा गुट मिलेपछि एमाले समूह पाखा लागेको थियो। तर, ओलीले केसी गुटलाई नै वैधानिकता दिँदै उसैको कार्यक्रममा मात्र सहभागीता जनाउँदै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा माइक्रो दुर्घटना, तीनजनाको मृत्यु

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो पोखरा महानगरपालिका- ३२ लामेआहालमा दुर्घटना भएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए। दुर्घटनामा परी थप ८ जना घाइते भएका छन्। घाइते र मृतकको पहिचान खुलिनसकेको प्रहरीले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

ऐन महर पीडितको गुनासोः ‘बलात्कार आरोपी’ जोगाउँन प्रधानमन्त्री नै लागे

जबरजस्ती करणीको आरोप लागेका एमाले नेता ऐन महरलाई बचाउँन प्रधानमन्त्री केपी ओलीनै लागेको पीडितले आरोप लगाएकी छन्। पीडित भनिएकी रश्मिला धामीले महरविरुद्ध मुद्दा चलाउन अदालतले आदेश दिए पनि प्रधानमन्त्री ओलीको दवाबमा बचाउँने काम भएको आरोप लगाइन्। बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै धामीले महरलाई सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले उन्मुक्ति दिने तयारी गरेकोसमेत आरोप लगाइन्। ०८१ माघ ९ गते उच्च अदालत पाटनले आफ्नो पक्षमा फैसला दिएपनि महरको पक्षमा उच्च राजनीतिक संरक्षण तथा दवाबमा आदेश कार्यान्वयन नभएको पीडित धामीले गुनासो गरिन्। मुद्धा अगाडि बढाइ दोषीउपर कानूनी कारबाही गराउन आफूले रिट दायर गरेको र अदालतले न्यायको आशा जगाए पनि महर खुलेआम हिँडिरहेकोप्रति आक्रोश व्यक्त गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सक्कल मिसिलसहित रविन्द्र मिश्रलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले तीनकुने काण्डमा मुछिएका राप्रपा वरिष्ठ  उपाध्यक्ष रवीन्द्र मिश्रलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रपत्नी सारिकाले कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट उपर यस्तो आदेश दिएको हो। सर्वोच्चले इजलासमा देखाएर फिर्ता लैजाने गरी मिश्रसहित उनीमाथि अनुसन्धान भइरहेका मुद्दाको सक्कल मिसिलसहित उपस्थित हुन आदेश दिएको छ। उनीमाथि संगठित अपराध र आपराधिक उपद्रवसहित राज्य विरुद्धको कसुरमा समेत अनुसन्धान भइरहेको छ। चैत १५ गते आन्दोलनकै राति पक्राउ परेका मिश्रमाथि पटक-पकक म्याद थप हुँदै प्रहरी हिरासतमै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको रेलमा कोरियाको चासो, प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले भेटवार्ता गरेको छ। बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ। भेटका अवसरमा ‘स्काइ वाक’ कम्पनीले तयार गरेको चतराधाम-चौरीखर्कसम्मको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’को एनिमेसन-भिडियो प्रस्तुत गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीससिहत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुरबाट रेल सञ्चालन गरिसकेको जनाउँदै अन्य स्थानमा रेलवे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको रेलमा कोरियाको चासो, प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले भेटवार्ता गरेको छ। बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ। भेटका अवसरमा ‘स्काइ वाक’ कम्पनीले तयार गरेको चतराधाम-चौरीखर्कसम्मको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’को एनिमेसन-भिडियो प्रस्तुत गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीससिहत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुरबाट रेल सञ्चालन गरिसकेको जनाउँदै अन्य स्थानमा रेलवे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, गभर्नर सिफारिस समितिका सदस्य नियुक्त हुँदै!

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बस्नेगरी बोलाइएको हो। सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन। आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य नियुक्त गर्ने विषयमा निर्णय लिइने बालुवाटार स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए जस्तो संस्थालाई कसैको स्वार्थका लागि विभाजित गर्न मिल्दैन: ओली

एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा बोल्दै उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) राजनीति गर्ने ठाउँ नभएको बताएका हुन्। उनले भने, ‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन। एनआरएनए जस्तो  संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन सक्दैन। स्वार्थका लागि विभाजन गर्न मिल्दैन। यो कुनै पोलिटिकल पार्टीको संस्था होइन यसमा हामीले ध्यान दिनुपर्छ। यस समुदायका हकहितका कुराहरूसँग र देशका लागि के गर्न सकिन्छ त्यसमा यसको सम्बन्ध छ। कहाँ भोट हाल्छ भन्ने आधारमा यस संस्थामाथि व्यवहार गरिनु हुँदैन।’ उनले एनआरएनए संस्था एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था भएको बताए। उनले संस्थाको भलो चिताउने, एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडाैंकाे मखन टोलमा लागेको आगो नियन्त्रणमा लिइयाे

काठमाडौंको मखनटोलमा लागेको आगो नियन्त्रणमा आएको छ। बुधबार बिहानैदेखि महानगरको वडा नं २४ स्थित महादेव चोकमा लागेको आगो नियन्त्रणमा आएको हो।आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। आगलागीमा परी एकजना महिलाको मृत्यु भएको छ। उनको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौं मखनटाेलकाे घरमा आगाे, एकजनाकाे मृत्यु

बुधबार बिहानैदेखि महानगरको वडा नं २४ स्थित महादेव चोकमा रहेको एउटा घरमा आगो सल्किएको थियो।  स्थानीय एकजनाको घरमा ग्याँस लीक भएर सल्किएको आगो अहिले अरु घरमा पनि फैलिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

खाडीमा ट्रम्प, साउदीले अमेरिकी हतियार किन्ने, सिरियामाथिको प्रतिबन्ध हट्यो

उनी कतार र यूएई पनि पुग्नेछन्। दोस्रो कार्यकालमा ट्रम्पको यो सबैभन्दा महत्वपूर्ण र पहिलो कुटनीतिक भ्रमण हो। कच्चा तेलका धनी यी राष्ट्रहरूसँग ट्रम्पले कैयौं ब्यापारिक सम्झौताहरू पनि गर्नेछन्।  साउदी पुगेर उनले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। र साउदीसँग हतियार बेच्ने सम्झौता गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सरकारी खर्चमा मेयर, उपमेयर र कर्मचारीको थाइल्याण्डमा मस्ती

सोमबार बुद्धको जन्मस्थल लुम्बिनीमा २५६९ औं बुद्ध जयन्ती धुमधामका साथ मनाइयो। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा स्वदेशी तथा विदेशी प्रतिनिधिहरूको सहभागीता थियो। विदेशी पाहुनाहरू गौतम बुद्धको जन्मस्थलमा बुद्ध जयन्ती समारोह मनाउँन रातारात लुम्बिनी आइपुगे। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन भइरहँदा कार्यक्रममा उपस्थित हुनुपर्ने बुद्ध परिपथकै स्थानीय जनप्रतिनिधि भने थाइल्याण्ड भ्रमणमा पुगेका छन्। उनीहरू थाइ सरकारको निमन्त्रणामा त्यहाँ गएको बताइएको छ। भ्रमण टोलीमा मेयर, उपमेयर, कर्मचारी र उनीहरूका आसेपासेहरू सहभागी रहेको बताइएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान र उपप्रमुख उमा अधिकारी, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ र नवलपरासीको रामग्रामकी उपमेयर सम्झना चौधरी थाइल्याण्ड पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपकराज भन्छन्ः कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ…

कलाकार दीपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको तस्बिर सेयर गर्दै नकारात्मक कमेन्टसँग नडराउँने बताएका छन्। मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगको तस्बिर दीपकराजले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्। उनले ओलीको फोटो राखेको भन्दै नकारात्मक कमेन्ट आउँन सक्ने पूर्व आकलन गर्दै कमेन्टसँग डराएर जीन्दगी बाँच्न नछाड्ने बताए। उनले कि त प्रधानमन्त्री नै फेर्ने साहस गर्नुपर्ने नभए देशको प्रधानमन्त्रीलाई सम्मान गर्दा अपमान नगर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रंगशालाको काम गाह्रो छ भन्दा भन्दै पनि सुरु गरेको बताएका छन्। मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा ‘गाह्रो छ बाबुनानु नथाल’ भन्दाभन्दै धुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको भन्दै धेरै दुःख पाएको बताए। उनले भने, ‘मैले गाह्रो छ बाबुनानु त्यहाँ नथाल भन्दाभन्दै धुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेर धेरै दुःख पाए। माया लाग्छ। तर त्यो क्रिकेट मैदान पनि बन्छ। उनीहरूको दुःखकष्ट पनि हट्छ एकदिन। मैले त यही दुःख पाइन्छ भनेर नगर भनेको हो। यति ठूलो काम आँट्या एक दुईवटा केही साना कामहरूमा साथी भाईहरू धेरै नै हौसिन्छन्। हामी छौं भन्छन्। चन्दा उठाएर नै बनाइन्छ भन्छन् तर सहयोग नगर्न सक्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मलेसियन सांसद लिएर बालुवाटार छिरे ‘होली वाइन’

बहुचर्चित ‘होली वाइन’ काण्डका सूत्रधार तथा एमाले सांसद एकनाथ ढकालले एकाएक सक्रियता बढाएका छन्। क्रिश्चियन धर्म प्रचारक उनी एमालेबाट सांसद भएपनि नेपाल परिवार दलका अध्यक्ष हुन्। विवादित आईएनजीओ ‘युनिभर्सल पिस फेडरेसनका संस्थापक ढकाललाई राजनीतिक वृत्तमा ‘व्यक्ति एक, उपमाचाहिँ अनेक’ भनेर उडाइन्छ। उनै ‘होली वाइन’ ढकालले काठमाडौंमा एकहुल विदेशी सांसद जम्मा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको मन जितेका छन्। ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ अर्थात् ‘आईएससी’का सहभागीले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरी संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गर्ने घोषणा गरेका छन्। सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आईएससीसँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताएको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुलको भविष्यवाणीः आजै निर्वाचन भए रास्वपाले ‘राष्ट्रिय दल’को मान्यता पनि गुमाउँछ

‘रवि लामिछानेको गिरफ्तारीपछि रास्वपाले सहानुभूतिका मतहरू प्राप्त गर्नसक्ने अनुमान गरिएको थियो, तर त्यसभन्दा शक्तिशाली र निर्णायक कारक ‘राजसंस्थाको पुनःस्थापना’ र ‘सुधारिएको गणतन्त्र’बीचको ध्रुवीकरण देखिएको छ- यही वैचारिक द्वन्द्वले सहानुभूतिको सम्भावनालाई पनि छायामा पारेको देखिन्छ।’ उनले आजकै मितिमा निर्वाचन हुने हो भने रास्वपाले राष्ट्रिय दलको मान्यता नै गुमाउँने दाबी गरे। उनले भर्खरै निर्वाचन भएमा रास्वपाभन्दा राप्रपाले ३५ देखि ४० सिट जित्ने सम्भावना रहेको उल्लेख गरे। उनले भने, ‘यदि आजकै मितिमा निर्वाचन सम्पन्न भयो र बालेन शाह वा अन्य कुनै प्रभावशाली व्यक्तिले नयाँ राजनीतिक दल गठन नगरेको अवस्था रह्यो भने- राप्रपाले ३५ देखि ४० सिटसम्म जित्ने बलियो सम्भावना छ। राष्ट्रिय स्वतन्त्र पार्टी केही प्रत्यक्ष निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धी देखिए पनि ती सिटहरूमा जित हासिल गर्न नसक्ने, र समानुपातिक निर्वाचन प्रणालीमा करिब तीन लाख मतमा सीमित रहने प्रक्षेपण गरिएको छ। यस परिदृश्यमा, हाम्रो पार्टीले राष्ट्रिय दलको मान्यता समेत गुमाउने उच्च जोखिम देखिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकार पूरै अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन’

उनले १० महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको दाबी गरेका हुन्। गृहमन्त्रीले भने, ‘१० महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ। मुलुकको अर्थतन्त्र लयमा आएको छ। विदेशी मुद्राको संचिति बढेको छ। दोस्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन। यो राष्ट्र बैंकको तथ्यांक हो मैंले भनेको होइन। अर्को कुरा कानुन १० महिना पहिले कति विद्येयक दर्ता भए र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ।’ उनले १० महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

संसद पद दुरुपयोग गरेर बेलायत पुगिन्, उतै लुकिन्

सभामुखसमक्ष बुझाएको राजीनामा पत्रमा आफूले पदमा बसेर पनि जनताका लागि काम गर्न नसकेको र जनताकै करबाट पारिश्रमिक लिइरहन उपयुक्त नरहेको उल्लेख गरेकी छन्। राजीनामा पत्रमा उनले भनेकी छिन्, ‘देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ।’ उनले थप भनेकी छन्, ‘म मेरो पदमा रहिरहन उपयुक्त सम्झिएर जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं