बिएल संवाददाता
युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले रुसले झन भयानक युद्ध सुरु गर्ने तयारी गरिरहेको आरोप लगाएका छन्। आगामी अगस्ट १५ मा रुसका राष्ट्रपति भ्लादिमर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अलास्कामा भेटवार्ता हुँदैछ।
त्यसअघि आफूलाई सहभागी नगराएको भन्दै युक्रेनले निरन्तर त्यसप्रति गुनासो गरिरहेको छ। यसबीचमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले जुन युद्धलाई समाप्तीको दिशामा डोर्याउने भनेर वार्ता तय भएको छ त्यसको विपरीत रुसले तयारी गरिरहेको आरोप लगाएका हुन्।
‘हामीलाई एउटा विश्वसनीय शूत्रबाट थाहा भएको छ कि पुटिनले वास्तवमै के तयारी गर्दैछन्? यो एकदमै प्रस्ट छ कि पुटिन न युद्धबिरामको तयारी गरिरहेका छन् न युद्ध समाप्त गर्ने बाटोमा छन्’ जेलेन्स्कीले भनेका छन् ‘वास्तवमा उनले केही गरिरहेका छैनन्।
पुटिनले ट्रम्पको अघि आफूलाई आफ्नो व्यक्तिगत जित देखाउनमात्रै प्रस्तुत गर्न लागेको उनकोँ भनाइ छ। त्यस्तै यो भेटमार्फत् पुटिनले युक्रेनलाई अझ दबाव बढाउन सक्छन्।
‘त्यसैले होला रुसले आफ्नो सैनिक बलको तैनाथी अझ बढोङ्का छ। अझ आक्रामक सैन्य कारबाहीको तयारी गरिरहेको छ’ उनले भनेका छन् ‘यदि उसले शान्ति चाहन्थ्यो भने यो सब गर्नुपर्ने थिएन।’
यसबीचमा ट्रम्पले रुस-युक्रेन युद्धबिरामका लागि दुबै राष्ट्रले आआफ्नो विवादित भूमिको सट्टापट्टा गर्नुपर्ने भनाइ फेरि दोहोर्याएका छन्। त्यसका लागि रुसलाई पनि आफूले मनाउने प्रयास गर्ने उनको भनाइ छ।
‘रुसले अहिले युक्रेनका धेरै महत्वपूर्ण भूभागहरू कब्जा गरेको छ’ ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले भनेका छन् ‘त्यो युक्रेनका लागि वास्तवमै धेरै महत्वपूर्ण छ। मैले पुटिनसँग त्यो फिर्ताको लागि प्रयास गर्नेछु।’
ट्रम्पका अनुसार युद्धबिराम तत्कालै आवश्यक भए पनि आगामी शुक्रबार हुने दुई शीर्ष नेताबीचको बैठक खासमा रुसको ‘मनस्थिति’ बुझ्नमा केन्द्रित हुनेछ।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया