शनिबार, ०९ अगस्ट २०२५

आदिवासी जनजातिहरूले आन्दोलनको क्षेत्र नबुझ्दा दुःख पाइरहेका छन्ः सञ्चारमन्त्री

News Image
• • •

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिहरूले आफ्नो आन्दोलनको क्षेत्र बुझ्न नसक्दा दुःख पाइरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ३१औं विश्व आदिवासी दिवसको आवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरू आन्दोलनको सडकमा गएकोप्रति असन्तुष्टि जनाउँदै उनले संघर्षको मुख्य क्षेत्र संवैधानिक कानुनी र बौद्धिक अभ्यास रहेको बताए।

उनले भने, ‘नेपालका आदिवासी जनजातिको आन्दोलनको क्षेत्र सडक होइन। बेलाबेलामा हामी सडकमा पनि गइराखेको हुन्छौं। कुनै दिन सडकमा जानुपर्ने दिन आउन सक्ला, तर आज संघर्षको मुख्य क्षेत्र संवैधानिक छ। कानुनी क्षेत्र छ र वौद्धिक अभ्यासको क्षेत्र छ। हाम्रो आन्दोलनको क्षेत्र यो हो भन्ने कुरा नेपालको आदिवासी जनजातिले बुझ्नुपर्छ। त्यो नबुझ्दा हामीले दुःख पाइरहेको छौं।’

त्यस्तै उनले आदिवासी जनजातिको भाषाको संरक्षणमा एआईको प्रयोग गर्नुपर्नेमा जोड दिए। दाल भात नखाई मानिसको जीवन नबाचेको जस्तो एआईको प्रयोगबीना जीवनको समृद्धि पनि सम्भव नरहेको उनको भनाई छ।

उनले भने, ‘भाषा संरक्षणको लागि एआईको पनि प्रयोग गर्नुपर्छ। एआईले पनि त्यो भाषा भन्न सक्ने बनाउनुपर्छ। हामीले बुझ्नुपर्ने के छ भने एआई अब हाम्रो दाल भात जस्तै हो। दाल भात नखाई हाम्रो जीवन नबाँचेको जस्तो एआईको प्रयोग भएन भने हाम्रो जीवनको समृद्धि सम्भव छैन। तर यसलाई नियन्त्रित ढंगले चाँही प्रयोग गर्नुपर्छ। एआई मानवको हितमा र नियन्त्रणमा चाँही हुनुपर्यो।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!