बिएल संवाददाता
एमाले गुल्मी जिल्ला कमिटी सदस्य तथा मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठ कारबाहीमा परेकी छन्।
एमाले गुल्मी जिल्ला कमिटी पदाधिकारी बैठकले श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाटै निलम्बन गरेको हो।
पार्टी आचरणविपरितको कार्य गरेको आरोप लगाउँदै जिल्ला कमिटी गुल्मी अध्यक्ष बालसिंह काउछाले श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको जानकारीसहितको पत्र पठाएका छन्।
निलम्बनपछि उनलाई पार्टी सदस्यको हैसियतमा कुनै पनि काम-कारबाही नगर्न र नगराउन भनिएको छ।
श्रेष्ठलाई पार्टीले गत असार २९ गते नै स्पष्टीकरण सोधेको थियो। दुई दिनमै लिखित जवाफ फर्काएकी उनलाई पार्टीको मुसिकोट नगर कमिटी बैठकले सचेत गराउने निर्णय गरेको थियो।
तर सचेत गराउँदा पनि उनी गम्भीर नभएपछि निलम्बनको कारबाही गर्नुपरेको एमालेले जनाएको छ।
गत स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो। पछिल्लो समय पालिकामा बजेट निर्माणमा उनले स्पष्ट असहमति जाहेर गरेकी थिइन्।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया