सोमबार, ०४ अगस्ट २०२५

रहेनन् भारतीय आदिवासीका ‘दिशोम गुरु’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

भारतीय राज्य झारखण्डका पूर्वमुख्यमन्त्री शिबु सोरेनको निधन भएको छ। दीर्घरोगबाट पीडित उनी दुई महिनादेखि दिल्लीको गंगाराम अस्पतालमा उपचाररत थिए।

हाल झारखण्डमा उनको छोरा हेमन्त सोरेन मुख्यमन्त्री छन्।

शिबु सोरेन झारखण्ड मुक्ति मोर्चाका संस्थापक पनि हुन्।

मुख्यमन्त्री हेमन्त सोरेनले समाजिक सञ्जालमा उनको निधनको पुष्टी गरेका हुन्।

‘आदरणीय दिशोम गुरुजी हामी सबैलाई छोडेर जानुभएको छ। आज म शून्य भएको छु’ उनले लेखेका छन्।

एक सामाजिक तथा राजनीतिक मार्गदर्शकका रुपमा झारखण्डका आम नागरिकले उनलाई ‘दिशोम गुरु’को उपाधिले सम्मान गर्थे। यसको अर्थ कुनै देश वा क्षेत्रको अगुवाइ गर्ने मार्ग दर्शक हो। त्यहाँका आदिवासीले उनलाई निकै सम्मान गर्थे।

शिबु सोरेन झरखण्डमा तीन पटक मुख्यमन्त्री भइसकेका थिए। बिहारबाट झारखण्डलाई छुट्टै राज्य बनाउनका लागि उनले सन् १९७३मा झारखण्ड मुक्तिमोर्चा बनाएका थिए। लामो संघर्षपछि सन् २००० मा झारखण्ड अलग राज्य भयो। यो खासगरी आदिवासीहरूको क्षेत्र हो। उनी आफै पनि एक आदिवासी परिवारमा जन्मिएका व्यक्ति हुन्।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन्।

‘शिबु सोरेन एक धरातलीय नेता थिए। जसले जनताप्रति अटुट समर्थनका साथ सार्वजनिक जीवनलाई उचाईंमा पुर्‍याए। उनी आदिवासी समुदाय, गरिब, पछि पारिएका समुदायका लागि विशेषरुपमा आफूलाई समर्पित गरेका व्यक्ति थिए’ मोदीले सामाजिक सञ्जालमा लेखेका छन् ‘उनको निधनको खबरले म साह्रै दुखी छु।’

मुख्यमन्त्री हेमन्त सोरेनलाई टेलिफोनमार्फत् पनि मोदीले समवेदना व्यक्त गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!