बुधबार, ०१ जुलाई २०२६

पिताम्बरः बदला, द्वन्द्व, हिंसाको कथा

पिताम्बर हेर्दै गर्दा मैले बारम्बार वेदरिङ हाइट्सकी इम्याली ब्रोन्ट र शिरिषको फुलकी पारिजातलाई सम्झिरहेँ। महिला कृषा चौलागाईंले यो हदसम्मको हिंसात्मक दृष्यहरूको निर्देशन गरिन होला भनेर पत्याउन मलाई गार्हो परिरहेको थियोे। बाबुको टुङ्गो नभएको बालककी आमालाई बारम्बार गरिने अपमान र अनि हत्या, त्यसपछि शारीरिक यातना र मानसिक प्रताडनाबाट पाइलैपिच्छे गुज्रेको बालकले कसरी आफ्नो र आफ्नी आमाको अपमान, प्रताडना र हत्याको बदला लिन्छ? पिताम्बरको कथा यति नै हो। कथामा कुनै नयाँपन छैन, तर बदला लिने क्रममा देखाइएका हिंसाका दृष्यहरू यति क्रुर र भयानक छन् कि हरेक दृष्यमा आङ जिरिङ हुन्छ। चलचित्रको सुरुमै मञ्चमा भाषण गरिरहेको कुनै नेतालाई नायकले मञ्चमै उक्लेर घाँटी रेटेर हत्या गर्छ, त्यो दृष्य डिटेलमा देखाइएको छ।

पूनम पौडेल

पूनम पौडेल - काठमाडौं

हेटौंडामा एक्कासी सडक भासिँदा माछा बोक्ने बोलेरो जमिनमुनि बेपत्ता

हेटौंडामा एक्कासी सडक भासिँदा माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी खाडलमै बेपत्ता भएको छ। शुक्रबार अपरान्ह हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सीमाना नजिकै गैरीगाउँमा सडक भासिँदा ना४च ४८३३ नम्बरको बलेरो गाडी बेपत्ता भएको मकवानपुर प्रहरीले जनाएको छ। गाडी रोकिराखेको जमिन एक्कासी भासिँदा केही सेकेन्डमै गाडी खाडलमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन्। गाडीका चालक र सहचालक भने गाडी भासिनुभन्दा अघि नै निस्केकाले जोगिएका प्रहरीले जनाएको छ। गाडी भासिएपछि सडकमै पानीको दह बनेको छ। गाडी भासिएको एरियामा माछा पोखरी र बोरिङ रहेकोले बोरिङको कारण जमिन भासिएको हुनसक्ने अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ। शनिबार दिउँसो १ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, संसदमा एमाले सांसदको भूमिका र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अभियान सम्मेलन २०२५’ अर्को साता काठमाडौंमा

जलवायु न्याय र मर्यादित श्रमका विषयमा केन्द्रित ‘अभियान सम्मेलन २०२५’ आगामी ५-६ मेमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ। सम्मेलन एक्सनएड इन्टरनेशनल नेपाल, नेपाल महिला एकता समाज र युथ एड्भोकेसी नेपालको आयोजना र सञ्चारिका समूहको सहकार्यमा हुन लागेको हो। दुई दिने राष्ट्रियस्तरको कार्यक्रमले जलवायु परिवर्तनको प्रभाव झेलिरहेका समुदायहरू तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको वास्तविक अवस्था उजागर गर्नुका साथै समाधान खोज्न विविध सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिँज माधव र वामदेव सँगै बसे, आज बिहानै सूर्य थापा पुगे

शुक्रबारमात्रै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न बोलाइएको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रियसभा सदस्य वामदेव गौतम र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सँगसँगै सिटमा बसेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतलाई पाकिस्तानको कडा चेतावनी, ‘नष्ट गरिदिन सक्छौं…’

भारत पाकिस्तान दुबै परमाणु हतियारका धनी राष्ट्रहरू हुन्। उनीहरूले एकअर्काविरुद्ध कुनै पनि बेला हुनसक्ने युद्धको भरमार तयारी गरिरहेका छन्। बाँकी विश्वका कतिपय राष्ट्रहरूले भने आपसी द्वन्द्व कायम गरेर शान्तिको दिशामा अघि बढ्न दुबै देशलाई सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

के चीन र अमेरिका वार्ता गर्दैछन्?

कर लगाउने मामिसलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमाथि सबैभन्दा निर्मम र आक्रामक पनि भए। अरु देशको तुलनामा चीनसँग कुनै रिसिइबी नै साँधेको जसरी ट्रम्पले एकपछि अर्को गर्दै अप्रत्याशित लाग्नेखालको करको घोषणा गर्दै गर्दै लगभग २४५ प्रतिशतसम्मै कर लगाइदिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीति तथा कार्यक्रमामाथि प्रतिपक्ष ‘नजरिया’ : ‘अल्छी सरकार’, ‘पुरानो खोस्टा’, ‘बासी’ र ‘हावादारी’

झन्डै ५ हजार शब्दावली रहेको यो नीति तथा कार्यक्रमबारे सांसदहरूले संसद बाहिर निस्केर प्रतिक्रिया दिइरहेका छन्। सत्ता पक्षीय सांसदहरूले नीति तथा कार्यक्रमलाई ‘ठीकै’ भने पनि प्रतिपक्ष दलका सांसदहरूले भने यसको तीखो आलोचना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकारको नीति तथा कार्यक्रम टोले गुण्डाले हप्ता उठाएकोजस्तो’

‘पुरानो ढर्राको च्यात्तिएको कागज जस्तो। टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो। अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो। गरिने छ, भनिने छ,  सुनिने छ, भन्ने सुगा रटाई जस्तो’ उनले लेखेका छन् ‘न त युवाको रोजगारीको लागि नत देशका लागि आयो। यो त सिर्फ भ्रष्टाचारीलाई संरक्षण र संस्थागत गर्न आयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केआईआईटीले भन्यो, ‘पढाईको दबावका कारण प्रिसाले आत्महत्या गरिन्’

प्रिसा बिहीबार साँझ उक्त कलेजको आफ्नै छात्राबासमा मृत फेला परेकी थिइन्। कलेज कर्मचारीहरूले उनलाई झुन्डिएको अवस्थामा देखेको र तत्काल प्रहरीलाई खबर गरेर अस्पताल पुर्‍याइएको केआईआईटीले जनाएको छ।  उनी बि-टेक पहिलो वर्षको दोस्रो सेमेस्टरको परीक्षाको तयारीमा थिइन्। केआईआईटीले प्रहरीसँगको समन्वयमा अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको पनि जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कस्ता छन्, सरकारका नीति तथा कार्यक्रमहरू (पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेकाे छ। सत्ता गठबन्धन बनाउँदा नेकपा एमाले र काँग्रेसबीच भएका सहमतिहरूलाई प्राथमिकतामा राख्दै सरकारले धेरैजसाे नियमित कार्यक्रमहरू नै ल्याएकाे छ।  शुक्रबार संघीय संसदकाे दुबै सदनकाे संयुक्त बैठकलाई सम्बाेधन गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारका नीति तथा कार्यक्रमहरु पढेर सुनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्क बनाइने

सरकारले काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र विकास गर्ने भएको छ।  शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र मनोरञ्जन पार्कको रुपमा विकास गरिने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन गरिनेछ– राष्ट्रपति

उनले भने, ‘देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने तयारीमा सरकार छ। देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायन हुनबाट बचाउने सरकारको नीति छ। आगामी दशकलाई आन्तरिक रोजगारीका रुपमा मनाउने छौं। रोजगारी तथा ज्याला रोजगारीको माध्यमबाट आन्तरिक रोजगारीको सृजना गर्ने सरकारको नीति छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेट्रोलियम गाडीमा यूरो–६ लागू

उनले भने, ‘आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिनेछ । युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुनेछ ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पेट्रोलियम गाडीमा यूरो–६ लागू हुने, डिजिटल बैंक स्थापना गरिने

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साना बचतकर्ताको बचत फिर्ता गर्ने सरकारको घोषणा

सरकारले सहकारीमा थोरैमात्रामा रकम बचत गरेका पीडितहरूको रकम फिर्ताको घोषणा गरेको छ। नीति तथा कार्यक्रममार्फत सरकारले समस्याग्रस्त सहकारीहरूमा साना बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्रोत नभएका आयोजनाहरू स्थगन र त्रुटिपूर्ण आयोजनाहरू खारेज गरिने

सरकारले घोषणा गरेका पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने भएको छ। शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले  पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षा विधेयक ऐन संसदको यही अधिवेशनबाट पारित हुने

‘शिक्षालाई सुलभ, गुणस्ततरीय र जीवनोपयोगी बनाइनेछ। विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र व्यवहारिक सुधार गरिनेछ’ सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति रामचन्द्र पौडेलले भनेका छन् ‘विद्यालय शिक्षा सुधार गर्नका लागि बनेको शिक्षा विधेयक ऐनलाई लाई यसै अधिवेनशनबाट पारित गरिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘स्टार्टअप कर्जा’ दिने सरकारको घोषणा

सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रमहरूमा जेन् जी पुस्तालाई प्राथमिकतामा राख्दै ‘स्टार्टअप’ कर्जाको व्यवस्था पनि गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अराजकता सिर्जना हुन नदिन सरकार दृढ छ’

‘बेलाबेलामा प्रकट हुने नकारात्मक सोंच, संविधान र व्यवस्थाप्रति अफवाह फैलाई अराजकता सिर्जना गर्नेहरू विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ छ’ पौडेलले सरकारका नीति तथा कार्यक्रमहरू पढ्दै भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं