बिएल संवाददाता
चार वर्षअघि काठमाडौंको टुँडादेवी मन्दिर छेउमा एउटा अधमरो शरिर अलिअलि चलमलाइरहेको थियो। त्यो बुढो ज्यानमा ‘ठूलीमाया’ थिइन्।
कैयौं दिनदेखि उनी त्यहाँ थिइन् उनलाई नै थाहा छैन।
एक दिन उनले अलि नयाँ ठाउँ देखिन्। आफूजस्ता धेरै मान्छे भेटिन्। मानव सेवा आश्रमले उनलाई त्यहाँ पुर्याएको थियो जहाँ धेरै ठूलीमायाहरू आफूलाई भुलाइरहेका थिए।
सडकका चिसा भुइँमा कैयौं रात काटेकी उनले नयाँ जीवन त पाइन् तर सडकमा छोडिगएका आफ्ना सन्तानको यादले उनलाई अहिले पनि उसैगरी तड्पाइरहन्छन्।
कहिलेकाहिँ उनी बिहानीको झिसमिसेमै ब्यूँझिन्छिन्। परिवार सम्झिन्छिन् अनि भक्कानिएर रुन थाल्छिन्।
आश्रम आएको चार वर्ष बितिसक्यो। तर अझैपनि उनी आफ्नो छोरा र नातिलाई खोजिरहन्छिन्।
तर अहिलेसम्म उनले न छोरालाई देखेकी छिन् न त नातीलाई नै भेटेकी छिन्। अहिले पनि उनी छोरा र नातिलाई सम्झिएर राेइरहन्छिन्।
भलै, उनलाई अहिले आफू बसेको घरको ठेगाना थाह छैन। राम्रोसँग बोल्न पनि सक्दिनन्। तर पनि छोरा र नातीका बारेमा सोधिरहन्छिन्।
चार वर्षदेखि आश्रमको छहारामा बसिरहेकी ठुलीमायालाई आश्रममा खाना खुवाउन आउने धेरै जनाले चिनिसकेका छन्।
उनको हातबाट बनेको मिठो परौठा खाएको स्मरण गर्छन्। उनलाई प्रेम गर्छन् तर उनकै छोरा नाती भने उनीबाट टाढिएका छन्।
वैंशमै श्रीमान गुमाइन् ठुलीमायाले। तर पनि आफ्ना सारा खुसीहरू बन्धकी राखिन् छोराको खुसीका लागि। कुनै कमी हुन दिइनन्, छोराको जीवनमा।
श्रीमान बितेपछि उनले एक्लै छोरालाई हुर्काइन्। दिनरात नभनी काम गरिन्।
छोरालाई शिक्षा दिलाइन् तर बुढेसकालमा उनै छोराको साथबाट टाढिइन्, ९० वर्षकी ठुलीमाया सुनुवार।
पाखुरामा मासी भइन्जेल उनी काममा घोटिरहिन्। काठमाडौंमा होटल चलाइन्।
चिया, खाजा बेचेर कमाएको पैसाले उनले राजधानीमै एक टुक्रा घडेरी किनिन् अनि त्यहीँ ठ्याइन् एउटा घर।
श्रीमानलाई गुमाएपनि छाेरालाई सधैं खुसी र सुखमा राख्ने सपना थियाे उनकाे। त्यही सपनाकाे लागि उनले दुःख गरिरहिन्। काममा खटिइरहिन्।
छाेरालाई कहिल्यै भाेकाे पेट राखिनन्। कुनै कुराकाे कमी हुन दिइनन् उनले।
बरू, आफू भोकै बसिन् होला।
छाेराकाे लागि बाेकेकाे त्यही लक्ष्यले नै उनलाई मेहनती बनायो। र, व्यवसायी पनि।
छोराको प्रेममा यतिधेरै एकोहोरो थिइन् उनी छोराको सबै गल्तीलाई वेवास्ता गरिदिन्थिन्। छोराको हरेक इच्छा पूरा गर्न सधैं अगाडि बढ्ने ठुलीमायाको लागि उनको खुसी नै सबथोक थियो।
सन्तानकै लागि बाँचिरहेकी थिइन् ठुलीमाया। आखिर उनको साहारा त्यही छोरा त थियो।
तर उनलाई के थाह थियो? एकदिन त्यही छोराले नै उनलाई आश्रम पुर्याउँछ भनेर!
सानैदेखि पुल्पुलिएर हुर्किएका छोराले आमाकाे माया बुझेनन्। उनले गलत बाटाे राेजे। उनी लागुऔषध प्रयोगकर्ता भए।
छोरालाई कुलतबाट छुटाउन उनले कैयौं प्रत्यन गरिन्। छोराको विवाह गराइदिइन्। तर पनि छोरा सुध्रिएनन्।
र, एकदिन उनै छोराले नशाकाे मातमा ठुलीमायाले जीवनभर कमाएकाे सम्पत्ति अर्कैकाे नाममा सारिदिए।
आफ्नाे नाममा भएको सबै सम्पत्ति अरुको नाममा गएपछि सडक नै साहारा बन्याे उनका लागि।
घर सम्पत्ति जाेडेर करोडपति बनेकी उनी क्षणभरमै सडकमा पुगिन्।
कुनैबेला भोकाहरूलाई खाना खुवाउने उनै ठुलीमाया एक छाकका लागि सडकका गल्लीगल्ली भौतारिनुपर्यो।
आफ्नै सन्तानले पराई ठानेपछि…
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया