अर्जुन लामा हत्या प्रकरणः पूर्वसभामुख सापकोटाविरुद्ध सुनुवाइ सकियो
काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको रिटमा सुनुवाइ सकिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो। सापकोटाको तर्फबाट बुधबार वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, दिनमणि पोखरेल र मुक्तिनारायण प्रधानले बहस गरेका थिए। त्यसअघि निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।
बिएल संवाददाता - काठमाडौं