लिङदेनको दाबी- आईजीपी दीपक थापा एमालेको युवा संघको सहअध्यक्ष रहेछन्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल प्रहरीका आईजीपी दीपक थापा एमालेको कार्यकर्ता भएको आरोप लगाएका छन्। तीनकुनेको हिंसात्मक आन्दोलनपछि प्रहरीले कतिपय सूचना लुकाएको र झुटा सूचना सम्प्रेण गरेको आरोप लगाउँदै उनले प्रहरीलाई राजनीतिक दलको भातृ संगठन नबन्न चेतावनीसमेत दिए। मंगलबार पार्टीले बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्नै लिङदेनले आईजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष जस्तो देखिएको टिप्पणी गरेका हुन्। उनले भने, ‘गृहमन्त्रीले आदेश दिए होलान् अनि प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त ल हेर्नुस् त। ए! हामीले भेटेका खोकाहरू, अश्रुग्यासका बोक्राहरू जहाँ एक्पायरी डेट २००८, २०१० लेखेको छ त्यो नक्कली हो?’
बिएल संवाददाता - काठमाडौं