बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा मनोनयन दर्ता गरेका छन्।
बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन्। संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिको निर्वाचन शुक्रबार हुँदैछ।
यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडा कुलिङ पिरियडमा गडबडी गरेकोमा छानबिन समितिले नैतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिएका थिए।
प्रतिनिधि सभाको राज्य व्यवस्था समिति सभापति गुमाएका खतिवडालाई सत्ता गठबन्धनले संघीय संसदको संयुक्त सभाको सुनुवाइ समिति सभापति उपहार दिएको हो।
यसअघि सुनुवाइ समितिकी सभापति रहेकी कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाइएको थियो। न्यौपानेको सरुवा भएपछि संसदीय सुनुवाइ समिति सभापतिविहिन छ।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया