बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा मनोनयन दर्ता गरेका छन्।
बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन्। संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिको निर्वाचन शुक्रबार हुँदैछ।
यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडा कुलिङ पिरियडमा गडबडी गरेकोमा छानबिन समितिले नैतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिएका थिए।
प्रतिनिधि सभाको राज्य व्यवस्था समिति सभापति गुमाएका खतिवडालाई सत्ता गठबन्धनले संघीय संसदको संयुक्त सभाको सुनुवाइ समिति सभापति उपहार दिएको हो।
यसअघि सुनुवाइ समितिकी सभापति रहेकी कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाइएको थियो। न्यौपानेको सरुवा भएपछि संसदीय सुनुवाइ समिति सभापतिविहिन छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया