
बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि बंश कायम हुने बताएका छन्।
कानून निर्माणको चरण पार गर्दै बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेकोले बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयको आधारभूत तत्व रहेको बताए।
उनले भने, ‘यो विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था छ। हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौं। आमा पनि बंश हो। आमाबाट पनि बंश कायम हुन्छ। आमाकै नागरिकता आधारमा सन्तानले नागरिकता प्राप्त गर्छ भन्ने कुरालाई सुनिश्चित गरिएको छ। बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयको आधारभूत तत्व हो।’
बाबु भएको आधार पुष्टि गर्न नसकेको पनि बाबुहरूको नाम जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रमा उल्लेख हुदाँ ती नेपाली नागरिक आमाका सन्तानहरूका हकमा बाबुको पहिचान नभएको मानी नेपाली आमाको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त सक्ने गृहमन्त्री लेखकको भनाइ छ।
विधेयकमा सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
विधेयक पारित भएपछि अदालतहरूबाट विभिन्न समयमा जारी भएका परमादेशहरूको कार्यान्वयनमा एकरुपता कायम हुने गृहमन्त्री लेखकले बताए।
उनले भने, ‘संविधानको भावना बमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुनेछैन। साथै नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानहरूले आमाको नामबाट नागरिकता प्राप्त गर्ने गरी संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनेछ भने आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरूले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ।
विद्यमान समयमा बदलिदो सामाजिक परिवेशअनुसार पहिचानविहिन भएर बस्नु परेको वैदेशिक रोजगारमा गएका नेपाली महिलाका सन्तानहरू नागरिकताविहिन भइरहेको अवस्थामा अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने उनको भनाइ छ।
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया