बिएल संवाददाता
नेकपा (एमाले)को सचिवालय बैठकअघि पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी समूहको तर्फबाट स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत दर्ता गराएका छन्।
एमाले सचिवालय बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल हुने सचिवालय बैठक अघि नै थापाले पार्टी मुख्यालय च्यासलमा गएर फरक मत दर्ता गराएका हुन्।
शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरू हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, विधान संशोधन र केन्द्रीय आयोग (निर्वाचन, लेखा, आर्थिक लगायत)हरूका प्रतिवेदनमाथि छलफल हुने र पारित गर्ने कार्यसूची छ।
यसअघि केन्द्रीय कमिटी बैठक बोलाएर यी प्रतिवेदन पारित गर्ने तयारी भए पनि समय अभावलाई कारण देखाउँदै बैठक स्थगित गरिएको थियो।
यसैबीच आज बस्ने सचिवालय बैठकमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतबारे पनि छलफल हुनेछ।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया