बिएल संवाददाता
नेकपा (एमाले)को सचिवालय बैठकअघि पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी समूहको तर्फबाट स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत दर्ता गराएका छन्।
एमाले सचिवालय बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल हुने सचिवालय बैठक अघि नै थापाले पार्टी मुख्यालय च्यासलमा गएर फरक मत दर्ता गराएका हुन्।
शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरू हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, विधान संशोधन र केन्द्रीय आयोग (निर्वाचन, लेखा, आर्थिक लगायत)हरूका प्रतिवेदनमाथि छलफल हुने र पारित गर्ने कार्यसूची छ।
यसअघि केन्द्रीय कमिटी बैठक बोलाएर यी प्रतिवेदन पारित गर्ने तयारी भए पनि समय अभावलाई कारण देखाउँदै बैठक स्थगित गरिएको थियो।
यसैबीच आज बस्ने सचिवालय बैठकमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतबारे पनि छलफल हुनेछ।
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया