बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपाल देश केही समयपछि गलत मान्छेको हातमा पुग्ने चिन्ता व्यक्त गरेका छन्।
प्रवासी नेपाली एकता मञ्चको जापान अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले देश केही समयपछि नेपाल रवि लामिछानेभन्दा बढी गाली गर्ने र मिडियामा मनपरी बोल्ने दुर्गा प्रसाई स्कूलिङका मान्छेहरूको हातमा पुग्न सक्ने आशंका व्यक्त गरे।
कांग्रेस, एमाले, माओवादी जस्ता दलहरूमा लोकतन्त्र नहुँदा गालीगलौज र घृणा फैलाउने व्यक्तिहरू राजनीतिमा हाबी हुन थालेकोमा चिन्ता व्यक्त गर्दै भुसालले त्यो बेला वर्तमान संविधानले काम नगर्ने ठोकुवा गरे।
‘एमाले, कांग्रेस,माओवादीहरूको कुरा छाडौं अब रविजी भन्दा बढी गाली गर्नेहरूको दिन आउँछ। रवि लामिछानेको पछि लागेर सोसल मिडियामा मनपरी बोल्नेभन्दा दुर्गा प्रसाईंहरू त्यतिखेरका अब्बल पोलिटियसन हुनेछन्। दुर्गा प्रसाईहरूको स्कूलिङबाट आउनेछन्। त्यो बेला कस्तो होला? मुलुकमा आजको संविधानले काम गर्दैन।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया