सोमबार, ०२ मार्च २०२६

आज संसदमा सबै ‘अध्यादेश’ निर्णयार्थ पेस गरिँदै

आज (बिहीबार) प्रतिनिधिसभाकाे बैठक दिनको १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९–८० पेश गर्नेछन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१–०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्ने कार्ययोजना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रास्वपाले संसदको मर्यादा भंग गर्‍यो, सभामुखको रुलिङ मानेन’

उनले  भने, ‘अध्यादेश पारित हुने गरी पेश हुनेछ। विशेषगरी प्रतिपक्ष दलका नेताहरुले बोल्ने कुरा गर्नु भएको छ त्यो स्वभाविक कुरा नै हो। सुन्ने र विशेष समय लगायत केही विषय हुन्छन्। सरकारका तर्फबाट मान्य स्वास्थ्य मन्त्रीले केही विषयहरुमा छलफल राख्ने हाम्रो तयारी छ। केही महत्वपूर्ण विषयहरु र प्रतिवेदनहरु माथि छलफल हुनेछ। विशेषगरी भ्रष्टाचार सम्बन्धी प्रतिवेदन भोलिको संसदमा पेश गर्ने छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सदन अवरुद्ध गर्ने रास्वपाकाे चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको विषय संसदमा उठाउने र सुरुमै बाेल्न नदिए सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले सहकारी काण्डमा मुद्दा खेपिरहेका सभापतिको पक्षमा प्रतिनिधिसभा बैठकमा कुरा उठाउने निर्णय गरेको हो। सचेतक निशा डाँगीले यो विषय संसदमा निरन्तर उठाउने निर्णय भएको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज छुटेनन् रवि, प्रहरीको जिम्मा लगाइयो

आज चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका छन्। सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन्। त्यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

मानव बेचबिखन आरोपमा कांग्रेस नेता पक्राउ

मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो। विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा पीडितहरूको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। पक्राउ गरेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालविवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो- गृह मन्त्रालय

सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय बालविवाहको विषयमा सिर्जित घटनाबारे गृहमन्त्री लेखकलाई सामान्य जाकारीसमेत थिएन। संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोकिएन नेपालको पराजित यात्रा, पूजाको अर्धशतक गयो खेर

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। यो त्रिवि क्रिकेट मैदानमा नेपाली महिला टिमले बनाएको हालसम्मकै उच्च स्कोर हो। नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन्। त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा ३९ रन बनाउँदा रुबिना क्षेत्रीले १६ बलमा २० रन बनाइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशी छुटाउँन नेपाली राजदूत सक्रिय, इजरायली राष्ट्रपतिलाई फोन

फोन संवादका क्रममा राष्ट्रपति हेर्जोगले ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गर्दा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी जोशीलगायत सबै बन्धकहरूको सुरक्षित रिहाइ र स्वदेश फिर्ता सुनिश्चित गर्न इजरायलले हर सम्भव प्रयास गरिरहेको बताएका नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविविरुद्ध संगठित अपराधमा मुद्दा नचलाउने लुइँटेलमाथि थप अनुसन्धान गरिँदै

मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गर्दा रविसहित २० जनालाई सहकारी ठगीमा मात्र मुद्दा दायर भएपछि महान्यायाधिवक्ता कार्यालयले उनलाई रातारात सरुवा गरेको थियो। रविविरुद्ध ‘संगठित अपराधको कसुर’मा मुद्दा दर्ता नगरेको आरोप लगाउँदै लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयमा तानेर उनको ठाउँमा उच्च सरकारी वकिल कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपानेलाई पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि बयान दिन जाँदा सर्वोच्चको सर्भर डाउन भएपछि…

रविको बयानपछि थुनछेक बहस हुनेछ। रास्वपा चितवन स्रोतका अनुसार आजै बयान सकेर थुनछेक बहस गर्ने तयारी छ। थुनछेक बहसपछि इजलासले उनलाई  रविको बयान सकिएपछि थुनछेक बहस हुनेछ । साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्नेमध्ये एक आदेश दिनेछ ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘यूएसएआईड’ बन्द गर्ने ट्रम्प प्रशासनको घोषणा, गाभियो विदेश मन्त्रालयमा

सरकारी दक्षता विभाग ‘डज’का निर्देशक एलन मस्कले आफ्नो सुझाव र राष्ट्रपति ट्रम्पको निर्णयले ‘यूएसएआईडी’ बन्द गर्न लागेको घोषणा गरेका हुन्। समाचार संस्था रोयटर्सका अनुसार यूएसएआईडीका कर्मचारीहरूलाई सूचना जारी गर्दै वासिङ्टनस्थित मुख्यालय प्रवेश नगर्न निर्देशन दिइएको छ। र, उनीहरूलाई घरमै बस्न निर्देशन दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

रवि लामिछानविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएकाे छ। बुधबार बिहान अदालत उपस्थित भएका लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा हुने तय भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकीकृत समाजवादीले तोक्यो ३३ विभागका प्रमुख र उपप्रमुख

सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चितवन अदालत उपस्थित भए रवि, आजैदेखि बयान हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने  चितवन जिल्ला अदालत उपस्थित भएका छन्। सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी बुधबार अदालतमा उपस्थित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

१० नबज्दै चितवन अदालत पुगे रवि

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी आज अदालतमा उपस्थित भएका हुन्। पूर्वगृहमन्त्री लामिछाने १० नबज्दै अदालतमा हाजिर भएको एक अधिकारी जनाएका छन्। सहकारी संस्थाको रकम अपचलनको मुद्दामा गोर्खा मिडियाका सञ्चालक जिबी राई, छविलाल जोशी र कुमार रम्तेलसहित १२ जनालाई ठगीसहित ‘संगठित अपराध’को मुद्दा दर्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविविरुद्ध ‘संगठित मुद्दा’ चलाउन नमान्दा सरकारी वकिलको रातारात सरुवा

सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ‘संगठित अपराधको कसुर’मा मुद्दा दर्ता नगरेको भन्दै चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेलको रातारात सरुवा गरेको छ। सहकारी संस्था सम्पत्तिान झण्डै ८ सय १४ वटा चेक काटेर ४८ करोड अपचलन गरेको आरोप लागेका लामिछानेका हकमा अस्वाभाविक उदारता देखाएएको ठहर गर्दै लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविका नाममा बन्धक नबनोस् संसद्

रविमाथि केही त पूर्वाग्रह पनि भयो होला तर तथ्यले उनलाई तीन तीनवटा अदालतमा निर्दोष भन्न नसकिने स्थितिमा उभ्याएको पनि छ। यस्तो नाजुक स्थितिमा अरूले गर्दा हुने, रविले गर्दा चाँहि नहुने ? भन्नेखाले कुतर्क गरेर संसद नै अवरूद्ध गरियो भने नयाँको कलेबरमा त्योभन्दा भद्दा मजाक अरू केही हुँदैन। लोकलाई हँसाउने यस्तो मजाक गरेर केही दिनका लागि ‘हिरोपन्थी’ त गर्न सकिएला तर सँधैका लागि नायक हुन सकिदैन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

मन्त्रिपरिषद बैठकका १८ निर्णयः भारतमा प्रसारण लाइनको सेयर खरिददेखि अधिकृतको बढुवासम्म

काठमाडौं उपत्यका मुकाम रहनेगरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने। राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्नेगरी अधिकार प्रत्यायोजन गर्ने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको दाबीः कांग्रेस-एमाले सरकारमा अबको तीन वर्ष एउटा पनि काण्ड आउँदैन

उनले वर्तमान सत्ता गठबन्धनले अबको तीन वर्षमा जुनसुकै पार्टीको भएपनि दोषीले सजाय दोषीले सजाय पाउँछ भन्ने स्थापित गर्ने पनि दाबी गरे। ‘कानूनको शासनभन्दा ठूलो कोही छैन। कोही एउटा व्यक्ति आएर सहकारी ठग्छ, कोहीले मान्छेलाई नक्कली बनाएर बाहिर लान्छ, कसैले सार्वजनिक सम्पत्तिको अपचलन गर्छ,’ उनले भने, ‘त्यो मान्छे कांग्रेसको शक्तिशाली पदमा बसेको होस् कि एमालेको। नयाँ होस् कि पुरानो गल्ती गर्ने मान्छेले दण्ड पाउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं