
बिएल संवाददाता
काठमाडौंको गोंगबुस्थित एक घरमा ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले पौने चार करोड रुपैयाँ नगदसहित घरधनीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ७७ वर्षीय घरधनी विनोदकुमार श्रेष्ठ छन्। प्रहरीले श्रेष्ठको घरबाट अवैध रुपमा राखिएको ३ करोड ७५ लाख रुपैयाँ नगद बरामद गरेको बताएको छ।
प्रहरीले नगदसहित सुनका गरगहनाहरू पनि बरामद गरेको छ। श्रेष्ठले उक्त रकमको स्रोत खुलाउन नसकेको प्रहरी स्रोतले बतायो। पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको खुलेको प्रहरीले जनायो।
प्रहरीले अवैध रकम र सुनबारे अनुसन्धान गरिरहेको बताएको छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया