राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र सम्वर्द्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन्।
पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताएका हुन्।
उनले भने, ‘भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पूर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवर्द्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयन सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो।’
बिएल संवाददाता
- ललितपुर