बिएल संवाददाता
आफ्ना बुवाआमालाई अमेरिकाले नियन्त्रणमा लिएपछि पहिलोपटक भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका एकजना छोराले सार्वजनिक प्रतिक्रिया दिएका छन्।
भेनेजुएलाका सांसदसमेत रहेका निकोलस मादुरो गुएराले आफ्ना बुवाआमाविरुद्ध अमेरिकाले गरेको कारबाहीको खुलेर आलोचना गरेका छन्।
‘कुनै देशका राष्ट्रपतिलाई यसरी गरिएको अपहरणलाई हामीले सामान्य ठान्यौं भने संसारका कुनै पनि देश सुरक्षित रहने छैनन्’ उनले भनेका छन् ‘आज भेनेजुएला अमेरिकाको शिकार भएको छ। भोलि अर्को देशको पालो आउनसक्छ। यदि कुनै देश अमेरिकाको अघि झुकेन भने उसको पनि यहि हालत हुनसक्छ। यो मात्रै क्षेत्रीय समस्या होइन। बरु यो एक वैश्विक समस्या बन्न पनि सक्छ।’
उनले आफ्ना बुवाआमालाई तत्काल रिहा गर्नका लागि अमेरिकालाई दबाव दिन विश्व समुदायलाई अपिल पनि गरेका छन्।
गत शुक्रबार भेनेजुएलामा ब्यापक सैन्य आक्रमण गरेर अमेरिकाले भेनेजुएलाका राष्ट्रपति र उनकी श्रीमतीलाई पक्राउ गरेको थियो। हाल उनलाई न्यूयोर्कस्थित एक जेलमा राखिएको छ। सोमबार उनलाई अमेरिकाको एक अदालतमा पेश गरिएको छ। जहाँ उनले आफूमाथि अमेरिकाले लगाएको आरोप अस्विकार गरेका छन्।
अमेरिकाले उनिमाथि ड्रग्स तथा हतियारको तस्करी गरेको आरोपमा अमेरिकी कानुनअनुसार मुद्दाको सामना गर्नुपर्ने बताएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया