बिएल संवाददाता
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक एमाले अध्यक्ष केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवास पुगेका छन्।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको भागबण्डा मिलाउन नेताहरू गुण्डु पुगेका हुन्। माघ ११ गते राष्ट्रिय सभाको १८ सिटका लागि निर्वाचन हुँदैछ।
आज बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो। त्यसअघि आइतबार राति र सोमबार बिहान कांग्रेस–एमालेका शीर्ष नेतृत्वले छलफल गरेका थिए।
कार्यसम्पादन समिति बैठकमा खड्काले कांग्रेसले ८ सिटमा दाबी गरेको र बाँकी १० सिटमा एमालेले प्रचण्डको नेकपालाई मिलाउने प्रस्ताव गरेको जानकारी गराएका थिए।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिन दुई दिनमात्रै बाँकी छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया