बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले स्वकीय सचिवलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएका छन्।
एमाले सचिवालय स्रोतका अनुसार ओलीले कोशी प्रदेशबाट झापाकी रोशनी मेचेलाई राष्ट्रियसभा सदस्य पदको उम्मेदवार बनाएका हुन्।
आजै बिहान बसेको सचिवालय बैठकले ओलीलाई राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मेवारी दिएको छ। कांग्रेस–एमाले–नेकपा गठबन्धनमा एमालेले ७ सिटमा दाबी गरेको छ।
मेचे यसअघि ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा कार्यरत थिइन्। उनै ओलीले पीए मेचेलाई उम्मेदवार बनाउन पार्टी सचिवालयबाट अनुमोदन गराएका छन्।
ओलीले फेरि झापालाई प्राथमिकता दिएपछि केही नेताहरूले फरक मत राखेका छन्। पार्टीभित्र थुप्रै स्थापित नेताहरूले अवसर नपाइरहेका बेला एउटै व्यक्तिलाई पटक–पटक अवसर दिनु उचित नहुने उनीहरूको मत छ।
एक केन्द्रीय सदस्य भन्छन्, ‘पार्टीभित्रै अवसर नपाएका स्थापित नेताहरू छन्। राष्ट्रिय सभामा उनीहरूलाई लैजानुपर्छ। एउटा नियुक्ति सकिन नपाउँदै एउटै व्यक्तिलाई अर्को जिम्मेवारी दिइनु उचित होइन।’
मेचे झापाकी लोपोन्मुख समुदायकी हुन्। उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया