करोड मूल्यमा सन्दीप बर्मिङ्घममा अनुबन्धित,टी–१० को ड्राफ्टमा भने कर्नाटका टुस्कर्सले किन्यो

फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित भएका छन् । बर्मिङ्घमले सन्दीपलाई १ लाख पाउण्ड (१ करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

एक सय बलको हुने द हन्ड्रेड प्रतियोगितामा ८ टिमको सहभागिता रहने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् ।

प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगष्टसम्म आयोजना हुनेछ ।

यता सन्दीप बुधबार मात्रै युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी–१० लिगका लागि कर्नाटकामा अनुबन्धित भएका थिए ।युएईमा भएको खेलाडी ड्राफ्टमा कर्नाटकाले सन्दीप ए क्याटेगरीमा किनेको हो । ए क्याटेगरीमा खेलाडीको पारिश्रमिक ४५ हजार अमेरिकी डलर रहेको छ ।

सन्दीपले अघिल्लो बर्षको दोस्रो संस्करणमा केरला नाइट्सबाट खेल्दै ६ खेलमा ६ विकेट लिएका थिए । गत बर्ष सन्दीपको टिम समुह चरणबाटै बाहिरिएको थियो ।

यस बर्षको प्रतियोगिता नोभेम्बर १४ देखि २४ सम्म आबुधाबीको जायेद क्रिकेट स्टेडियममा हुदै छ ।

यस बर्ष कर्नाटक टुस्कर्ससहित दिल्ली बुल्स, डेकन ग्लाडीयटर्स, नार्थर्न वारियर्स, बंगला टाइगर्स, मराठा अरबियन्स र कवालंदर्स गरी सात टिम खेल्दै छन् ।

प्रकाशित मिति: : 2019-10-17 07:20:56

प्रतिकृया दिनुहोस्