एनआरएनए आइसीसी चुनाव : ४२ मध्ये १३ निर्विरोध, २ खाली, २७ पदमा ६१ उम्मेद्वार

पन्त र आचार्य आम्नेसाम्ने : कस्को होला पल्ला भारी ?

एनआरएनए आइसीसीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने ४२ पदमध्ये १३ पद निर्विरोध भएका छन् भने दुई पदमा कसैको पनि उम्मेद्वारी परेको छैन । बाँकि २७ पदका लागि ६१ उम्मेद्वार चुनावी मैदानमा छन् । अधिकांश उम्मेद्वार दुई पयानलमा समेटिए पनि समेटिन बाँकि केही स्वतन्त्र उम्मेद्वारका रूपमा पनि रहेका छन् । 

नेपालको स्थानीय समयअनुसार साँंझ ७ बजेदेखि सुरू हुने भनिए पनि यो समाचार तयार पारून्जेललसम्म मतदान सुरू भएको छैन । निर्वाचन समिमतिले पटक पटक मतदानकफ समय सारर्दै पछिल्लोपटक साँझ ७ बजेदेखि राति ११ बजेसम्म मतदान हुने सुओचना जारी गरेको थियो ।

निर्वाचन समितिले जनाएअनुसार अध्यक्षमा कुल आचार्य र कुमार पन्तबीच सिधा प्रतिस्पर्धा हुनेछ । उनीहरूमध्ये आचार्य नेपाली कांग्रेस निकट हुन् र उनले प्रजातन्त्रवादीका नाममा छुट्टै समुह बनाएका छन् । कुमार पन्त नेकपा निकट मानिन्छन् र उनले कांग्रेसीसमेत समेटेर समावेसी समुह बनाएका छन् ।

उपाध्यक्ष ४ पदका लागि नौ उम्मेद्वार मैदानमा रहृेका छन् । आचार्य समूहमा मन केसी, नरेन्द्र भाट, केशव पौडेल रहेका छन् भने पन्त समूहबाट डा. बद्री केसी, सोनाम लामा, हिक्मत थापा र धर्मराज अधिकारी रहेको बताइएको छ । तर, कसैले हिक्मत थापाको नाम हटाएर अर्जुन श्रेष्ठको नाम पनि राखेको पाइन्छ । महिला उपाध्यमा आचार्य समूहकी रविना थापा र पन्त समुहकी सपिला राजभण्डारी आम्नेसाम्ने हुदैछन् । 

यसैगरी महासचिव आचार्य समुहका जानकारी गुरूङ र पन्त समूहका डा. हेमराज शर्माबीच ठाडो भीडन्त हुने भएको छ । त्यसैगरी दुई सचिव पदका लागि ७ जना उम्मेद्वार रहेका छन् । आचार्य समूहबाट   रहेका छन् भने पन्त समुहबाट आर के शर्मा र गौरीराज जोशी रहेको बताइन्छ । 

पन्त समुहका महेश श्रेष्ठ र आचार्य समूहका सुदन थापाबीच कोषाध्यक्षमा सिधा टक्कर हुनेछ भने सह कोषाध्यक्षमा गोविन्द प्रसाद गौतम र लोकप्रसाद दाहालबीच प्रतिस्पर्धा हुने भएको छ । 

युवा संयोजकमा हिमाल गुरुङ, स्वतन्त्रप्रताप थापा र सुदीप कार्कीबीच मतदान हुने भएको छ। महिला संयोजकमा प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु, जुनु गुरू र संगीता मरहट्टा उम्मेदवार छन्। अफ्रिकाको क्षेत्रीय संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा विष्ट निर्विरोध भएका छन् । तर, त्यही क्षेत्रको क्षेत्रीय उपसंयोजक र युवा संयोजकमा भने कसैको पनि उम्मेद्वारी परेको छैन । 

एशिया प्रशान्त क्षेत्रको क्षेत्रीय संयोजकमा आविज गुरुङ (ओम), गोविन्द श्रेष्ठ (रोविन्द)  र केपी सिटौला (कृष्णप्रसाद) बीच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी उपसंयोजकमा  विनोद कुँवर, खगेन्द्र न्यौपाने, पारसमणि पोखरेल र टंकप्रसाद गैरे आम्नसाम्ने भएका छन् । यस क्षेत्रको युवा संयोजकमा दीपकप्रसाद कँडेल र महिला संयोजकमा अमृता थापा निर्विरोध भएका छन् । 

अमेरिकाजको क्षेत्रीय संयोजकमा राजन त्रिपाठी र डा. विनोदप्रसाद शाह, उपसंयोजकमा राम सी पोखरेल र अभिमन्यू बस्नेतबीच सिधा प्रतिष्पर्धा हुने भएको छ । यसैगरी महिला संयोजकमा राधाकुमारी पौडेल र उमा कार्की थापा आम्नेसाम्ने भएका छन् । क्षेत्रीय युवा संयोजकमा भने विमला सापकोटा निर्विरोध भएकी छिन् । 

मध्यपूर्व क्षेत्रबाट भने सबै निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेहरूमा क्षेत्रीय संयोजकमा प्रविन गुरुङ, उपसंयोजकमा राजेन्द्र अर्याल र मनोजकुमार श्रेष्ठ, महिला संयोजकमा सुमित्रादेवी पौडेल  र युवा संयोजकमा राजु रेग्मी रहेका छन् ।

ओसेनिया क्षेत्रको संयोजकमा दिनेशराज जोशी र होमनाथ पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ भने उपसंयोजकमा हरि राम्जाली र नवीन कँडेल आम्नेसाम्ने हुदैछन् । यस क्षेत्रको युवा संयोजकमा राजकुमार थपिलया र महिला संयोजकमा जानकी पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी युरोप क्षेत्रको क्षेत्रीय संयोजकमा गंगाधर गौतम, नारायणप्रसाद आचार्य, पदम गुरुङ र सन्तोषकुमार भट्टराई प्रतिस्पर्धामा छन् । तीन उपसंयोजकका लागि बालकृष्ण श्रेष्ठ, कृष्णप्रसाद तिमल्सिना, कुमार पण्डित, मुक्तबहादुर गुरुङ, नवराज रोस्यारा, शुक्रराज न्यौपाने र सुरेन्द्र प्रधानको चुनावी प्रतिस्पर्धामा छन् । यही क्षेत्रको युवा संयोजकमा जयकृष्ण ठाकुर र महिला संयोजकमा कुमारी योगिता थापा निर्विरोध चयन भैसकेका छन् । 

 

प्रकाशित मिति: : 2019-10-16 21:25:45

प्रतिकृया दिनुहोस्