लेभलमा स्पोर्टिंग सिपि रंगशालाको नाम रोनाल्डो !

तस्बिरः एजेन्सी

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा रंगशालाको नाम रहने भएको छ ।

रोनाल्डोले फुटबल करियर सुरुवात गर्दाको क्लब लेभलमा स्पोर्टिंग सिपिले आफ्नो रंगशालाको नाम रोनाल्डो राख्ने भएको हो ।रोनाल्डोले सिपिका लागि ५ गोल समेत गरेका छन् ।

स्पोर्टिङको रंगशालाको नाम हालसम्म संस्थापक जोस अल्भालेडको नाममा रहेको थियो ।युभेन्ट्सका स्टार रोनाल्डोले १२ वर्षको उमेरमा स्पोर्टिङबाट फुटबल करियर सुरु गरेका थिए । रोनाल्डोलाई सन् २००३ मा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा गएका थिए ।

रोनाल्डोले युरोकप छनोट २०२० को खेलमा युक्रेनविरुद्ध पेनाल्टीमार्फत एक गोल गर्दै आफ्नो देश पोर्चुगलका लागि ९५औ गोल गरे भने करियरमा ७ सय गोल पुरा गरेका छन् ।

रोनाल्डोले पोर्चुगलका लागि ९५ गोल गर्दा क्लब रियल म्याड्रिडका लागि ४५०,म्यानचेस्टर युनाइटेडका लागि ११८,युभेन्टसका लागि ३२ र लेभलमा स्पोर्टिंग सिपिका लागि ५ गोल गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टिमका लागि रोनाल्डो भन्दा अगाडी इरानका अली दाइ १०९ गोल गर्दै अगाडी रहेका छन् ।आफ्नो फुटबल करियरमा ७ सय गोल गर्ने रोनाल्डो छैठौ खेलाडी हुन् ।

प्रकाशित मिति: : 2019-10-16 17:23:21

प्रतिकृया दिनुहोस्