एक महिनाअघि एसिड आक्रमणमा परेकी वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई राष्ट्रिय क्रिकेट टिमले भेटेका छन् । हाल कीर्तिपुर अस्पतालमा उपचार गरिरहेकी मुस्कानलाई भेट्न टिमका प्रशिक्षक उमेश पटवाल, पारस खड्का, सोमपाल कामी लगायतका खेलाडी पुगेका थिए ।
भेटमा पारस खड्काले मुस्कान खातुन सबैका लागि प्रेरणाको स्रोत भएको बताएका छन् । उनले मुस्कानको हौसला बढाउँदै सधैभरि हाँसिरहन अग्रह गरेका छन् । साथै पारसले यस्तो जघन्य अपराध गर्नेहरुविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने बताएका छन् ।
Muskaan is a delight,she is an inspiration for all of us.
— Paras Khadka (@paras77) October 16, 2019
May god give her the courage to smile like she does all throughout her life.
The government must come up with the strongest action against the culprits who have commited this heinous crime.
All of us are with you muskaan. pic.twitter.com/wN4aLRwlYy
यसअघि नेपाली कलाकार लगायत बलिउडका अभिनेता अमिताभ बच्चन, शाहरुख खान, वरुण धावन र अभिनेत्री कृति सेनन लगायतले भिडियो सन्देश पठाएर मुस्कानको हौसला बढाउने काम गरेका थिए ।
वीरगञ्ज महानगरपालिकाका ३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।