१४ वर्षपछि चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा

CNN

चिनियाँ राष्ट्रपति सी जिनपिङ विहिबार एक्कासी उत्तर कोरियाको भ्रमणमा निस्किएका छन्। उनी राजनैतिक तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई आँकलन गर्दै उत्तर कोरियाली तानाशाह किम जोङ उललाई भेट्न राजधानी प्योङयोङ पुगेका हुन्।

परमाणु विवादका कारण अमेरिका र उत्तर कोरियाको सम्बन्ध राम्रो छैन्। उसले उत्तरलाई हतियार निशस्त्रीकरणमा सम्झौता गर्न दबाब दिँदै आइरहेको छ।

अमेरिकाकै कारण अन्तर्राष्ट्रिय समूदायले उत्तर कोरियालाई प्रतिबन्ध लगाएका छन्।

यस्तो परिस्थितिमा भएको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ। फेरि चीनको राष्ट्रपतिले १४ वर्षपछि उत्तरको भ्रमण गरेका हुन्।

उत्तर कोरियाको भ्रमणमा जिनपिङसहित उनको श्रीमति पेङ लियुआन र विदेशमन्त्री वाङ यी पनि समावेश छन्।

पछिल्लो एक वर्षभित्र किमसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेट दुई पल्ट भइसकेको छ। यी दुई राष्ट्राध्यक्षले १२ जुन २०१८ मा सिंगापुरमा पहिलो र यही वर्षको २८ फेब्रुअरीमा भियतनाममा दोस्रो पल्ट भेट गरेका थिए।

चीनले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध हटाउनु पर्ने वकालत गर्दैआइरहेको छ। गत वर्ष किम ४ पल्ट चीन पुगेका थिए।

जिनपिङको भ्रमणलाई उत्तर कोरियाको समाचारपत्रले निकै महत्वपूर्ण भनेका छन्।

 

प्रकाशित मिति: : 2019-06-20 16:46:39

प्रतिकृया दिनुहोस्