संघीय संसद भवन शिलान्यास कार्यक्रमले कार्यसुची प्रभावित

फाइल तस्बिर

प्रतिनिधिसभाको आज (बुधबार) बोलाइएको बैठक दुई घण्टाको लागी स्थगित भएको छ । संघीय संसदको भवन शिलान्यास कार्यक्रम रहेकाले पूर्व निर्धारित कार्यक्रमअनुसारको बैठक दिउँसो १ बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।

आजकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तत गर्ने कार्यसुची रहेको छ ।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६ पेश गर्ने, प्रधानमन्त्री के।पी। शर्मा ओलीले “लोक सेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तूत गर्ने सम्भावित कार्यसुची रहेको छ ।

प्रकाशित मिति: : 2019-09-18 12:53:40

प्रतिकृया दिनुहोस्