‘शकुन्तला देवी’को छायांकन आजदेखि लण्डनमा सुरु

 ‘मिसन मंगल’ बक्स अफिसमा ब्लकबस्टर भएसँगै नायिका विद्या बालन फेरि एक चलचित्रमा देखिन लागेकी छिन्। भारतीय मिडियाहरुको अनुसार उनले काम गर्न लागेको नयाँ प्रेजेक्ट हो ‘शकुन्तला देवी’ ।

शकुन्तला देवीलाई ‘दि ह्यूमन कप्यूटर’को उपनामले पनि चिनिन्छ । उनले सानैदेखि नै आफ्नो अद्भुत क्षमताले विश्वलाई नै चकित बनाएकी थिइन् ।उनको कथामा आधारित चलचित्र सोनी पिक्चर्स नेटवर्क प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको हो । यो चलचित्र अनु मेननको निर्देशनमा बन्ने छ । चलचित्रको फस्टलुकमा विद्याले रातो सारी लगाएकी छिन् । यो चलचित्रको छायांकन आजदेखि लण्डनमा सुरु भएको छ ।

चलचित्रको निर्माणपक्षले यो चलचित्रबाट विश्वलाई नै प्रभावित बनाएकी एक महिलाको प्रेरणादायी कथा भन्ने बताएको छ । आउँदो बर्षमा यो चलचित्र रिलिज हुनेछ ।

प्रकाशित मिति: : 2019-09-16 14:56:53

प्रतिकृया दिनुहोस्