मिस ई–कलेज २०१९: १९ वर्षीया एलिसा विजेता

मिस ई–कलेज २०१९

काठमाडौं । सिजन मिडिया आयोजक रहेको ‘मिस ई–कलेज २०१९’को ताज ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षीया एलिसा श्रेष्ठले जितेकी छन् । राजधानीमा एक भव्य कार्यक्रम सहित सम्पन्न भएको कार्यक्रममा उनले शीर्ष उपाधि सहित मल्टिमिडिया अवार्ड र भिर्योस च्वाइस अवार्डसमेत हात पारेकी छन् ।


त्यस्तै काठमाडौंको ह्वाइटहाउस इन्टरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाही फष्ट रनरअपसहित मिस ट्यालेन्ट बन्दा गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्साल र रुषा नापित थर्ड रनर अप सहित मिस पर्शनालिटी र फोटोजेनिक अवार्ड जित्न सफल भए ।

प्रतियोगितामा वेष्ट स्किन सहित फोर्थ रनरअप दीपा लिम्वु हुन सफल भइन् ।

विजेताले ताज सहित थाइल्याण्ड टुरको लागि हवाइ टिकट, उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रावृत्ति लगायत बिभिन्न उपहार हात पारिन् । अन्य विजेताले पनि विभिन्न उपहार जितेका थिए ।

प्रकाशित मिति: : 2019-09-16 12:11:01

प्रतिकृया दिनुहोस्